Comments Add Comment

प्रिमियरमा ‘म यस्तो गीत गाउँछु’लाई उत्कृष्ट प्रतिक्रिया(फोटो फिचरसहित)


शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थितीमा चलचित्रको प्रिमियर गरियो ।

प्रिमियरमा पुगेका अधिकांशले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । सुदर्शन थापा निर्मित तथा निर्देशित चलचित्रको कथावस्तु, प्रस्तुती, ब्याकग्राउन्ड म्यूजिक र क्लाइमेक्सलाई रुचाइएको छ । चलचित्रका मुख्य कलाकार पल शाह र नायिका पूजा शर्माको केमेष्ट्रीले पनि राम्रो प्रशंसा पाएको छ ।

चलचित्र हेर्नका लागि नायिकाहरु बाक्लो भीड हलमा लागेको थियो । नायिका रेखा थापा, झरना थापा, आँचल शर्मा, अशिष्मा नकर्मी, स्वस्तिमा खड्का लगायत हलमा पुगेका थिए । यस्तै, नायक दयाहाङ राई , हाँस्य कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौला लगायत हलमा पुगेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा लभ स्टोरी चलचित्र बनाउन माहिर मानिएका सुदर्शनको कामको प्रशंसा धेरैले गरेका छन् । अर्जुन पोखरेलले संगीत भरेका गीत त हिट भैसकेका छन् । चलचित्रको गीतसंगीतलाई धेरैले यसको मुटु मानेका छन् ।

शुक्रबारदेखि रिलिज हुन लागेको यो चलचित्रले राम्रो व्यापार गर्ने धेरैको विश्वास छ ।  

 

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment