Comments Add Comment

‘मृत्यु भएकी’ महिलाले जन्माइन् जुम्ल्याहा बच्चा


एक महिला जसलाई डाक्टरहरुले मृत घोषित गरेका थिए उनै महिलाले त्यसको १ सय २३ दिनपछि जुम्ल्याहा बच्चा जन्माउनु कुनै चमत्कार भन्दा कम होइन ।

यो घटना दक्षिणी ब्राजिलको हो । जहाँ एक महिलाले मरिसकेपछि पनि जुम्ल्याहा बच्चा जन्माएर सबैलाई अचम्ममा पारेकी छन् ।

गत वर्ष ब्रेन डेथ भएकी ती महिलाको गर्भाशयमा रहेका भ्रूण बाँच्न सक्लान् भन्ने आशा डाक्टरहरुमा थिएन । तर चामत्कारिक रुपमा उनको गर्भाशयमा बच्चाहरु हुर्किरहे र अन्ततः शल्यक्रिया गरी जुम्ल्याहा बच्चा जन्माइयो ।

सिल्भा पेडिल्हा नामकी ती महिला गर्भवती भएकी अवस्थामा सन् २०१६ को अक्टोबरमा ब्रेन स्ट्रोक भएसँगै मस्तिष्कको मृत्यु भएको घोषणा डाक्टरहरुले गरेका थिए । सिल्भाको जब मृत्यु भयो तब उनको गर्भमा ९ हप्ताको भ्रुण थियो ।

सिल्भाका पतिले तुरुन्तै मृत घोषित आफ्नी पत्नीलाई सेनहोरा डो रोकियो अस्पतालमा भर्ना गराए । उनको ब्रेन डेथ भए पनि गर्भका बच्चाहरु ज्यूँदै रहेको डाक्टरहरुले पत्ता लगाए । त्यसपछि डाक्टरहरुले सिल्भालाई तुरुन्तै भेन्टिलेटरमा राखे । त्यसको १ सय २३ दिनपछि सिल्भा भेन्टिलेटरमै रहिन् ९ महिना पूरा भएसँगै डाक्टरहरुले शल्यक्रिया गरी उनको पेटबाट जुम्ल्याहा बच्चा निकाले । त्यसमा एक छोरा र एक छोरी थिए ।

उनी त वास्तवमा मरिसकेकी थिइन् मात्र गर्भका बच्चालाई बँचाउनका लागि उनलाई भेन्टिलेटरमा राखिएको थियो । बच्चा जन्मिसकेपछि उनलाई भेन्टिलेटरबाट निकालियो ।


एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment