Comments Add Comment

हुन्डाईको जोयफूल जुलाई अफरः गाडी खरिदमा आकर्षक छुट प्याकेज

२९ असार, काठमाडाैं । नेपालका लगि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई जोयफूल जुलाई अफर ल्याएको छ।

यस अफर मार्फत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप सुविधा प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ। विशेषगरी चाडपर्वको समयमा मात्रै ग्राहकहरुलाई यस्तो आकर्षक योजना प्रदान गरिने नेपाली गाडी उद्योगमा, चाडपर्व अगावै लक्ष्मी इन्टरकन्टिनेन्टले नयाँ योजना ल्याएको हो।

यो योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क इनस्युरेन्स तथा रोड ट्याक्स (२०७४/२०७५) र स्क्याच कुपन मार्फत १ लाख सम्मको थप नगद छुट प्राप्त गर्न सकिने छ ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। चाडपर्व अगावै नै ग्राहकवर्गको मनसूनमा खुशियाली ल्याउन हुन्डाईले यो योजना ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment