Comments Add Comment

आन्तरिक हवाई यात्रुको ब्यागेज कसरी ह्याण्डलिङ गरिन्छ ?

२९ असार काठमाडौं । हवाई यात्रा गर्दै हुनुहुन्छ ? यस्तो बेला आफ्नो सामान भएको झोला -ब्यागेज) विमानस्थलस्थित वायुसेवा कम्पनीको काउन्टरबाट कति सुरक्षित तरिकाले जहाजभित्र लगियो र के-कस्तो अवस्थामा राखिएको छ भन्ने सबैभन्दा धेरै चिन्ता यात्रुलाई हुनु स्वाभाविक हो र ब्यागेज नहराओस् भन्ने चाहना सबै यात्रुको हुने गर्छ ।

तर, बुद्ध एयरबाट यात्रा गर्ने यात्रुले भने ब्यागेजबारे एकरति चिन्ता नलिई आरामसँग आफ्ना गन्तव्यसम्म जानसक्छन् ।
बुद्ध एयरले ब्यागेज हृयान्डलिङ (झोला व्यवस्थापन) लाई गम्भीर रूपमा लिएर चेक-इन काउन्टरबाट सम्बद्ध गन्तव्य पुर्‍याई यात्रुको जिम्मा लगाउने गरेको छ । बुद्धले यो काममा यात्रुलाई कुनै पनि किसिमको असहज अवस्था सिर्जना हुन दिँदैन ।
विमानस्थलस्थित काउन्टरमा यात्रुबाट ब्यागेज लिने, त्यहाँबाट जहाजभित्र लैजाने र सम्बद्ध गन्तव्य पुगेपछि यात्रुको जिम्मा लगाउने काम हेर्दा सामान्य लागे पनि व्यवहारमा सजिलो भने छैन ।

जहाज र यात्रुको सुरक्षा बुद्धको पहिलो प्राथमिकता हो, त्यसकारण बुद्धले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्ने गर्छ जसले गर्दा ब्यागेजमा खतराजन्य वस्तु पर्न पाउँदैन र यसबाट जहाज र यात्रुको सुरक्षामा सम्झौता पनि हुँदैन ।

‘सबैभन्दा पहिला यात्रु हाम्रो काउन्टरमा आउनुपर्छ र उनीहरूको ब्यागेज एक्सरे मेसिनबाट सुरक्षा जाँच भएको आएको छ कि छैन हामी जाँच गर्छाैं,’ बुद्धका वरिष्ठ ग्राउन्ड म्यानेजर रत्न राई भन्छन्, ‘त्यसपछि हामी यात्रुलाई सुरक्षासम्बन्धी केही प्रश्न सोध्छौं किनभने नागरिक उड्डयन प्राधिकरण र सुरक्षा समितिले ब्यागेजमा खतराजन्य वस्तु बोक्न निषेध गरेका छन् । यदि त्यस्ता वस्तु ब्यागेजभित्र भेटिएमा हामी लान दिँदैनौं ।’

उनका अनुसार ब्यागेजमा खतराजन्य वस्तु बोक्न पाइँदैन । यस्ता वस्तु हटाइसकेपछि सुरक्षा जाँच र हाम्रो पनि जाँच प्रक्रिया पूरा भएका प्रत्येक ब्यागेजका लागि ब्यागेज ट्याग जारी गर्छौं ।

त्यसपछि हाम्रा लोडरले ती ब्यागेज मेकअप एरिया’ मा लैजान्छन्, जहाँ तिनको उचित व्यवस्थापन हुन्छ र अन्तिममा कुन उडानबाट कुन गन्तव्यमा ब्यागेज पठाइने हो, सम्बद्ध जहाजमा ब्यागेज सुरक्षित तरिकाले हालिन्छ ।

बुद्ध एयर खतराजन्य वस्तु बोक्ने वायुसेवा कम्पनी नभएका कारण यसले ब्यागेजलाई विभिन्न वर्गमा छुट्टयाएर सबै प्रक्रिया पूरा गरी गन्तव्य पठाउने गर्छ । यदि ब्यागेज सम्बन्धी कुनै सूचना प्राप्त भएको छ भने बुद्धले त्यसैअनुसार काम गर्छ र सबै प्रक्रिया पुगेको छ भने सञ्चालन मापदण्डअनुसार जहाजबाट झिकेर ट्रलीमा राखेर आगमन कक्षसम्म पुर्‍याइने राईले जानकारी दिए ।

‘त्यसपछि यात्रुसँग भएका ब्यागेज ट्याग प्रमाणीकरण गरी हामी सम्बद्ध यात्रुलाई उनीहरूको ब्यागेज सकुशल हस्तान्तरण गर्छौं,’ राई भन्छन् ।

बुद्ध एयरले खराब मौसम होस् वा अन्य कुनै असहज अवस्थामा पनि यात्रुको ब्यागेजलाई त्यति नै महत्व दिने गरेको छ जति यात्रुलाई उनीहरूको गन्तव्य पुर्‍याउन महत्व दिन्छ र ब्यागेज यात्रुका लागि कति महत्वपूर्ण छ भन्ने बुद्धले राम्रोसँग बुझेको छ ।

‘ब्यागेजको सुरक्षाका लागि ट्रलीहरूको पनि विशेष डिजाइन गरेका छौं । जसले गर्दा हामी सबै मौसममा ब्यागेजलाई सुरक्षित तरिकाले एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन र ल्याउन सक्षम छौंं,’ बुद्धका ग्राउन्ड म्यानेजर शोभितमान बस्नेत भन्छन् ।

बुद्धले प्रत्येक ब्यागेजलाई सुरक्षित तरिकाले गन्तव्य पुर्‍याउने व्यवस्था गर्न आफ्ना लोडरहरूलाई तालिम समेत दिलाएको छ ।
यसले गर्दा प्रत्येक ब्यागेज सुरक्षित हुने गर्छ भने लोडरले पनि उडान सुरक्षामा ध्यान दिएर ब्यागेज व्यवस्थापन गर्ने गर्छन् ।

‘ब्यागेजलाई जहाजभित्र टुटफुट नहुने गरी कसरी सुरक्षित तरिकाले राख्ने भनेर कम्पनीले हामीलाई तालिम दिएको छ र हामी त्यसैअनुसार काम गर्छौं,’ बुद्धका लोडर विकास बस्नेत भन्छन्, ‘एउटा गन्तव्यबाट जहाज उडेर यात्रुको हातसम्म नपुगुन्जेल हामी ब्यागेजको सुरक्षाप्रति चिन्तित हुन्छौं र यात्रुको हातमा परेपछि ढुक्क हुन्छौं ।’

ब्यागेजसँगै यात्रु व्यवस्थापन गर्ने काम सजिलो नभए पनि बुद्धले आˆना तालिम प्राप्त र दक्ष कर्मचारीमार्फत सहज तरिकाले काम गर्दै आएको छ ।

लोड नियन्त्रकको निर्देशनअनुसार जहाजको अगाडि र पछाडि भागमा सम्पूर्ण ब्यागेज तौलअनुसार लोडरहरूले व्यवस्थापन गर्ने गर्छन् । जहाज गन्तव्य पुगेपछि ब्यागेज ट्याग प्रमाणीकरण गर्दै चेक-इन काउन्टरमा सम्बद्ध यात्रुलाई ब्यागेज हस्तान्तरण गरिन्छ ।

सही ब्यागेज सही यात्रुको हातमा दिनु बुद्ध एयरको उद्देश्य हो र यसमा बुद्धले दुई दशकदेखि उत्कृष्ट सेवा दिँदै आएको छ ।
आन्तरिक उडानतर्फ ७० प्रतिशत बजार हिस्सा ओगटेको बुद्धले उडान सुरु गरेर २०७३ असोजसम्म आइपुग्दा स्वदेशी तथा विदेशी गरी झन्डै ९० लाख यात्रुलाई गन्तव्य पुर्‍याइसकेको छ ।

कम्पनीसँग हाल ७२ सिट क्षमताका चारवटा ‘एटिआर७२-५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२-३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट-१९००डी’ सिरिजका जहाज सञ्चालनमा छन् । यी नौ जहाजबाट दैनिक ४० भन्दा बढी उडान गरिरहेको छ ।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यमा उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन ˆलाइट’ तथा पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन ˆलाइट’ पनि गरिरहेको छ ।

त्यस्तै विराटनगरबाट तुम्लिङटार उडान पनि गरिरहेको छ । कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर हृयांगर’ पनि सञ्चालन गरिरहेको छ ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment