Comments Add Comment

सिड्नीमा ‘आधा लभ’ कस्तो रहृयो ?

१३ जुलाई, सिड्नी । आफ्नो चलचित्रले ब्यबसायी रूपमा खासै छलाङ्ग नमारेको कुरालाई अभिनेत्री ऋचा शर्माले लुकाइनन् । ‘धन नै कमाउनु भन्दा पनि केही फरक चलचित्र दर्शकहरूलाई दिने मेरो सपना थियो त्यसमा म सन्तुष्ट भए ।’ सिड्नीमा आफूले बनाएको चलचित्र ‘आधा लभ’को शो सकिएपछि यसै भनिन् ऋचाले ।

नेपाली चलचित्र क्षेत्रमा अभिनयको हिसाबले कुशल अभिनय गर्न सक्ने अभिनेत्रीको उपमा पाएकी उनी यसै चलचित्र मार्फत निर्माण क्षेत्रमा पनि हात हाल्न आइपुगेकी हुन ।

दोस्रो पटक अष्ट्रेलिया आएकी ऋचालाई यो चलचित्रमा अभिनेता अर्पण थापाले निर्माण र निर्देशनमा साथ दिएका छन ।

दुबै सर्जकले यस पटक करिब डेढ हप्ता चलचित्र आधा लभसंगै अष्ट्रेलियाको भ्रमण गरे ।  ‘हामीले अन्य शहरहरूमा पनि चलचित्र देखायौ । हेर्नु हुने सबैले मन पराउनुभयो । यहाँको ब्यस्त जीवनमा पनि चलचित्र हेर्न आइदिनु हुने सबैलाई धन्यवाद ।’ चलचित्रका निर्देशक अर्पण थापाले भने ।

ऋचाको अनुभबमा अस्ट्रेलियामा नेपाली चलचित्रका राम्रा दर्शक पाइन उनले । ‘यति राम्रा दर्शकहरूको मन भांडिने चलचित्र हामीले बनाउनुहुन्न र त्यस्ता चलचित्रलाई स्थान पनि दिनुहुन्न ।’ उनको सुझाब छ ।

चलचित्र आधा लभ शो गर्न आएकी ऋचा अब फेरि दुई महिनापछि सिड्नी आउने भएकी छिन् । किन त ? जबाफमा उनले भनिन-‘अबको आगमनको कारण भने अष्ट्रेलियामा नै चलचित्रको शूटिंग गर्नु हो । सबै चांजो पांजो मिलाएर आउँछौ ।’ उनले भनिन ।

ऋचाले बनाउन लागेको नयाँ चलचित्रमा नेपालबाट क्याट भिजन प्रोडक्शनका अनोज अधिकारी र अस्ट्रेलियाको मेलबर्नबाट बिजी इन्टरटेनमेन्टका भिम न्यौपाने पनि निर्माताको रूपमा देखिने भएका छन ।

सिड्नीमा छायांकन हुने चलचित्रमा स्मार्ट एजुकेशनका सुशिल नेपालको पनि बिशेष भूमिका रहने ऋचाले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment