Comments Add Comment

लेखक सङ्घका अध्यक्ष र महासचिव कोरिया प्रस्थान

काठमाडौं । नेपाली लेखक सङ्घका अध्यक्ष तथा कवि श्रवण मुकारुङ र महासचिव रत्नमणि नेपाल दक्षिण कोरियामा हुने साहित्यिक तथा सांस्कृतिक सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

कोरियाको साहित्यिक तथा सांस्कृतिक संस्था युरासिया कल्चरल फोरमको निमन्त्रणामा जुलाई १५ देखि १७ सम्म सोलमा आयोजना हुने सम्मेलनमा मुकारुङ र नेपाल सहभागी हुनेछन् ।

सम्मेलनमा नेपाल र कोरियाका साथै मलेसिया, युक्रेन, इन्डोनेसिया र उज्वेकिस्तानका साहित्यकारहरूको पनि सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट अध्यक्ष मुकारुङले ‘समकालीन नेपाली साहित्य’ सम्बन्धी र महासचिव नेपालले ‘पूर्वीय परम्परामा अङ्कको प्रयोग’ विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको लेखक सङ्घले जनाएको छ ।

सम्मेलनपछि लेखकद्वयलाई कोरियाका पर्यटकीय, धार्मिक, सांस्कृति एवम् ऐतिहासिक स्थलहरूको अवलोकन गराइने जनाइएको छ । सो अवसरमा नेपाली–कोरियाली कविताहरूको सङ्ग्रहको लोकार्पण समेत गरिने युरेसिया कल्चरल फोरमका महासचिव दाइ की जुङले इमेलमार्फत जानकारी गराएका छन् ।

लेखक सङ्घ र फोरमबीच भएको सम्झौताबमोजिम यसअघि गत फेब्रुअरीमा काठमाडौंमा ‘नेपाल–कोरिया बृहत् साहित्यिक एवम् सांस्कृतिक सम्मेलन’ आयोजना भएको थियो । अर्को बृहत् कार्यक्रम ६ महिनाभित्र सोलमा आयोजना हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment