Comments Add Comment

सावधान ! अष्ट्रेलियामा तपाई ठगिनुहोला

सतर्क रहन कानुन व्यवसायीको सुझाव

१३ जुलाई, सिड्नी । अस्ट्रेलियाका कानून ब्यबसायीहरुलेे नेपाली बिद्यार्थी र अस्थायी बासिन्दालाई ठगहरुसंग सतर्क रहन सुझाव दिएका छन् ।

सिड्नी र अस्ट्रेलियामा कार्यरत कानून ब्यबसायी डा.शमसेरसिंह थापाले सिड्नीमा केही ठगहरु सक्रिय रहेको भन्दै उनीहरुसंग सतर्क रहन नेपाली बिद्यार्थीलाई सुझाव दिएका हुन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमा साबधान शीर्षकमा सुझाव लेख्दै उनले भनेका छन्-‘हाम्रो समुदायमा केही व्यक्तिहरुले सोझासाझा विद्यार्थीहरुलाई आफ्नो निशाना बनाएर विभिन्न किसिमका, (४५७, इएनएस, आरएसएमएस र ४८९ ) भिषा लगाइदिने ग्यारेन्टी दिएर ६० हजार डलरसम्म लिएको भन्ने किसिमको जानकारी आएको छ । ती व्यक्तिहरु, न त माइग्रेसन एजेन्ट हुन्, न कानून ब्यबसायी न त इम्प्लाइमेन्ट एजेन्सीमा नै दर्ता छन ।’

उनले आफूले एक दुई जनाको केसमा बोलाएर सम्झाएको तर पनि उनीहरुको कार्य न रोकिएको भन्दै आफूले सुरुका दिनमा अस्ट्रेलिया आएर पाएको दुख बिर्सेर अफ्ठेरोमा परेका विद्यार्थी तथा अस्थायी आवासीय भिषा भएका व्यक्तिहरुलाई ठग्ने कार्य कति घृणित छ भन्ने कुराको अनुमान जो कोहिले लगाउन सक्छ भनेका छन् ।

उनले यदी कोही पीडित भए भने एक पटक आफूलाई सम्पर्क गर्न सुझाव पनि दिएका छन् । उनले आफूले त्येस्तै ठग एक जनाको बिरुद्ध प्रमाणसहित कानूनी प्रक्रिया अघि बढाउँन लागेको खुलासा समेत गरेका छन् । ‘यदी पीडितको पैसा फिर्ता गरिएन भने म कानुनि प्रक्रिया अगाडि बढाउछु ।’ उनले उल्लेख गरेका छन् ।

उनले सम्बन्धित निकायमा दर्ता भएर अनुमति नलिई अध्यागमन सम्बन्धी सल्लाह दिएर पैसा लिनु ‘अपराध’ हो भन्दै जसको सजाय अस्ट्रेलियामा जेल पनि हुन सक्ने बताएका छन् ।

उनले ट्याक्स रिटर्न गर्दा पनि ट्याक्स एजेन्टको अनुमति प्राप्त गरेको व्यक्तिबाट गराउन अनुरोध गर्दै उनले सुझाव दिएका छन् ।

किनकि धेरै पैसा फिर्ता आउने आशमा जो पायो तेहीबाट ट्याक्स दावी गर्दा अडिटमा परेर आर्थिक र मानसिक क्षति पनि हुन सक्छ ।

१९९६ देखि अस्ट्रेलियामा कानूनी क्षेत्रमा कार्यरत डा. शम्सेरसिंह थापाले अनलाइन खबरसंग भने- ‘बिहीबार दिउँसो एक पीडित आफू ठगिएको प्रमाणसहित मेरो कार्यालयमा आएपछि मैले नेपाली समुदायको हितको लागि बोल्नु परेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment