शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

‘खोरबेटी’ लाई पत्र

डा. नवराज श्रेष्ठ

आदरणीय खोरबेटी दाइ,

‘आराम छु र आराम चाहन्छु’ भनेर भन्न सक्ने अवस्था छैन अहिले । तर पनि म लगायत यस खोरभित्र बस्ने मेरा सबै साथीको कामना छ, हजुरलाई आराम होस् ।

हाम्रो लागि तपाईंले जुन तन, मन र धनको लगानी गर्नुभएको छ त्यसप्रति हामी निकै आभारी छौं । हाम्रो लागि तपाईंले जाडो भन्नुभएन, न त गर्मी नै । रात भन्नुभएन, न त ठण्डी नै । तपाईंको समय रातदिन हाम्रो खानपान अनि हेरचाहमै बित्छ । तपाई आफ्नोभन्दा हाम्रो बढी ख्याल गर्नुहुन्छ ।

तपाईंलाई आफ्नोभन्दा हाम्रो बढी चिन्ता छ । आफू फाटेको लुगा लगाउनुहुन्छ, तर हामी सबैको आङ ढाक्ने प्लास्टिकहरु प्वाल परेमा तुरुन्त फेर्नुहुन्छ । म देखिरहेको हुन्छु, झरी पर्दा तपाईं सुत्ने ओछ्यानमा छानाबाट पानीको धारा वर्षेको । तर, हामी बस्ने ओछ्यानमा एक थोपा पानी चुहियो भन्ने पनि तपाई कति चिन्तित हुनुहुन्छ ।

जति तपाईं हाम्रो ख्याल गर्नुहुन्छ, त्यति नै हामी पनि तपाईंको राम्रो होस् भन्ने कामना गर्छौं । हामीलाई पनि तपाईंको चिन्ता छ । जब एकैदिन दर्जनौंको संख्यामा मेरा साथीहरुको प्राण जान्छ, तब तपाईंको अनुहारमा लागेको कालो बादल मैले देखेको छु । कालो बादलपछि पर्ने पानी झैं तपाईंको आँखाबाट झरेको पानी पनि मैले देखेको छु । यो सँगै तपाईंले सुस्केरा हालेको लामो खुइय्य पनि मैले सुनेको छु ।

हाम्रो जन्म हुने मेशिनको तापक्रमभन्दा तपाईंको यो खोरको तापक्रम निकै कम हुने भएकोले हाम्रो स्वास्थ्यमा असर गर्छ । त्यसैले तपाईंले हामीलाई कम्तीमा दुई हप्तासम्म तातो बनाएर राख्नुपर्छ । तर, तपाईंले हामीलाई तातो बनाउन पूरै प्लास्टिकले घेरेर सिरकले छोपे झैं गरी गुम्स्याउनुभयो ।

मलाई थाहा छ, जीवित प्राणी भएपछि एकदिन सबैले मर्नुपर्छ । मलाई यो पनि थाहा छ, तपाईंसँगको मेरो सहयात्रा बढीमा ५०-५५ दिन हो । के थाहा ! कुनै महामारी रोगले मेरो पनि असामयिक निधन हुन सक्छ । तसर्थ मैले भोगेको र जानेका कुरा आज तपाईंलाई यो पत्रमार्फत जानकारी गराउन चाहन्छु ।

जब तपाईंले हामीलाई १ दिन उमेरको हो भनेर भन्नुहुन्छ, त्यस बेलामा हामी वास्तवमा २१ दिनको भइसकेका हुन्छौं । यो २१ दिनसम्म हामीलाई एउटा मेशिनभित्र राखिएको हुन्छ । तपाईंलाई थाहा नहोला, हामीलाई कतिपय रोगहरु त त्यही मेशिनबाट नै लाग्न सुरु गरेको हुन्छ । तपाईंले जतिसुकै स्याहारसुसार गरे पनि त्यस्ता रोगबाट हामीलाई बचाउन निकै गाह्रो हुन्छ । त्यसैले हामीलाई त्यस्तो घरबाट ल्याउनुस्, जुन् घर सफा र रोगमुक्त छ ।

हामी जन्मेको केही समयमा हामीलाई कार्टुनमा खाँदेर गाडीबाट तपाईंको खोरसम्म ल्याइन्छ । सानो कार्टुनमा खाँदिएर यात्रा गर्दा हामी निकै तनावमा हुन्छौं । त्यसैले हामीलाई तपाईंको खोरमा आउनेबित्तिकै सफा र शीतल पानीको आवश्यकता हुन्छ ।

हाम्रो जन्म हुने मेशिनको तापक्रमभन्दा तपाईंको यो खोरको तापक्रम निकै कम हुने भएकोले हाम्रो स्वास्थ्यमा असर गर्छ । त्यसैले तपाईंले हामीलाई कम्तीमा दुई हप्तासम्म तातो बनाएर राख्नुपर्छ । तर, तपाईंले हामीलाई तातो बनाउन पूरै प्लास्टिकले घेरेर सिरकले छोपे झैं गरी गुम्स्याउनुभयो । जसका कारण मेरा धेरै साथीले पेटमा पानी जम्ने समस्याले ज्यान गुमाए । हामीलाई राप दिने उपकरण बालेर तातो पार्नुपर्थ्यो र पर्याप्त मात्रामा हावा सञ्चार हुने गरी भेन्टिलेसन दिनुपर्थ्यो ।

पानीको कारण पनि हामी धेरै पटक बिरामी भयौं । तपाईंले पानी सफा गर्ने औषधि सधैं हाल्नुभएको मैले देखेको छु । तैपनि हाम्रो बिमार २० को १९ भएन । यसको मुख्य दुई वटा कारण हुन सक्छन् । पहिलो, औषधिले हामीलाई रोग लाग्ने किटाणु मार्न नसक्नु र दोस्रो, पानी सफा भए पनि हामी बस्ने सोत्तर चिसो भई हामीलाई रोग लागिरहनु ।

तपाईंले दिनुभएको दाना खाँदा हाम्रो पेट दुख्यो र पखाला लाग्यो । तपाईंले हामीलाई दिएको दानामा ढुसीको गन्ध आउँथ्यो । तर, हाम्रो त टन्न खाने बानी, के स्वस्थ के गन्ध ! सबै खाइदियौं । फलस्वरुप मेरा धेरै साथी यस्तो दाना खाएर बिरामी परे र मरे । चिसो भुइँमा राखेको दानाले हाम्रो पेट दुख्ने र पखाला लाग्ने गरेको मेरो अनुभव छ ।

त्यसैगरी एकै पटक धेरै दिनलाई पुग्ने दानाका बोरा ल्याएको बेला पनि यस्तो समस्या भोगेका छौं । कहिलेकाहीँ खै किन हो, ताजा दाना खाँदा पनि यस्तै हुन्छ । सायद दाना बनाउने मकै र भटमासमै खराबी भएर पो हो कि ?

पानीको कारण पनि हामी धेरै पटक बिरामी भयौं । तपाईंले पानी सफा गर्ने औषधि सधैं हाल्नुभएको मैले देखेको छु । तैपनि हाम्रो बिमार २० को १९ भएन । यसको मुख्य दुई वटा कारण हुन सक्छन् । पहिलो, औषधिले हामीलाई रोग लाग्ने किटाणु मार्न नसक्नु र दोस्रो, पानी सफा भए पनि हामी बस्ने सोत्तर चिसो भई हामीलाई रोग लागिरहनु ।

त्यसैले पानी सफा खुवाएको छु भनेर तपाईं ढुक्क नहुनुस् । किनकि दाना र पानी सफा र स्वस्थ भए पनि हामी बस्ने भुइँ र खोर सफा छैन भने जति औषधि गरे पनि हाम्रो बिमार निको हुँदैन ।

यसरी हामी बिरामी पर्दा भेटेरीनरी पसल खोल्ने झैं गरेर आफैं टन्न औषधि ल्याउनुहुन्छ, विना कुनै चेकजाँच । के औषधि खाँदैमा हामी ठीक हुन्छौं ? फेरि जथाभावी औषधि प्रयोग गर्दा पछि झन् औषधिले नै काम नगर्ने खतरा हुन्छ रे । तपाईं आफू केही भयो कि डाक्टरकहाँ जानुहुन्छ । तर, हामीलाई कहिल्यै डाक्टरकहाँ लैजानुभएन । हामी बिरामी हुँदा पशु चिकित्सकलाई देखाउनुस् र उहाँहरुको सल्लाह अनुसार औषधि खुवाउनुस् ।

अनि अर्को कुरा, तपाईं बाहिर कतैबाट जुन जुत्ता लगाएर आउनुहुन्छ, त्यही जुत्ता लगाएर सरासर खोरभित्र प्रवेश गर्नुहुन्छ । के तपाईं आफ्नो घरमा पनि त्यही गर्नुहुन्छ ? पक्कै गर्नुहुन्न । अनि हाम्रो खोरमा चाहिँ किन फोहोर जुत्ता लगाएर छिर्नुहुन्छ ? हामी बस्ने खोर चाहिँ सफा राख्नुपर्दैन ? अबदेखि खोरभित्र र बाहिर लगाउन छुट्टा-छुट्टै बुट किन्नुस् । बाहिरबाट खोरभित्र प्रवेश गर्नुअघि शरीरलाई संक्रमणमुक्त गरेर मात्र छिर्नुस् । यसो हुँदा हामीलाई बाहिरबाट लाग्न सक्ने रोग सर्दैन ।

मैले रेडियोमा सुने अनुसार हाम्रो पनि आजकाल बिमा हुन्छ रे । बिमा प्रिमियमको ७५ प्रतिशत त नेपाल सरकारले तिरिदिन्छ रे । हामी मरेमा त्यसको पैसा तपाईंले पाउनुहुन्छ रे । हामी जुनसुकै बेला पनि मर्न सक्छौं । हाम्रो बिमा किन गर्नुभएन ?

तपाईंलाई देखेर त्यसबेला उदेक लाग्छ, जब तपाईं हाम्रो लागि दाना ल्याउने गाडीचालकको कुरा सुन्नुहुन्छ । मरेका मेरा साथीहरुको शव उसलाई परीक्षण गर्न लगाउनुहुन्छ र हामीलाई उसले भनेको रोग लागेको छ भनेर सरासर पत्याउनुहुन्छ । तपाईं ख्याल गर्नुहुन्न, यो चालक केही बेरअघि मात्र हाम्रो जस्तै अरुको खोरमा पसेर हाम्रा साथीलाई भेटेर आएका हुन् । यी चालकहरुले त्यहाँको रोग हामीलाई सारेको तपाईंलाई पत्तै छैन ।

अस्ति भर्खर मैले रेडियोमा सुने अनुसार हाम्रो पनि आजकाल बिमा हुन्छ रे । बिमा प्रिमियमको ७५ प्रतिशत त नेपाल सरकारले तिरिदिन्छ रे । हामी मरेमा त्यसको पैसा तपाईंले पाउनुहुन्छ रे । हामी जुनसुकै बेला पनि मर्न सक्छौं । हाम्रो बिमा किन गर्नुभएन ? त्यसैले अब अर्को पटकबाट हाम्रो बिमा गर्नुस् र आफ्नो लगानी सुरक्षित पार्नुस् ।

मलाई थाहा छ, म जति ढिलो बढ्छु मेरो बाँच्ने आयु पनि त्यति नै लामो हुन्छ । तर पनि तपाईंको फाइदाको लागि हामी कम उमेरमै मर्न पनि तयार छौं । यो पत्र लेख्दालेख्दै मेरो उमेर पनि ५१ दिनको भएछ । लङ्गडो छु र ढिलो हुर्केकोले यतिको दिन बाँच्न पाएको छु । भर्खरै सुन्दै छु, भोलि मलाई पनि बेच्न लैजाँदै हुनुहुन्छ । म चाहन्छु, मलाई बेचेर यत्तिका दिनसम्म तपाईंको खोरमा बसेको भाडा तिर्न सकूँ ।

तपाईंको सफल कुखुरापालन पेशाको लागि म सहित मेरा साथीहरुको शुभकामना !

उही तिम्रो शुभचिन्तक

(लेखक श्रेष्ठ पशुपन्छी विकास मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाका भेटेरीनरी अधिकृत हुन् ।)

२०७४ असार २९ गते १२:३२ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • jimson rumdali लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ९:४८

    एकदमै जानकारीमूलक औ मार्मिक…

    3
    0
    Share

  • Rajesh लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते ११:२६

    Priya suvachintak khukhura,

    Timro masu parsi roast banayera khane chhu. 51 din bachidiyeko ma dhanyabaad 🙂 🙂

    Uhi timro …..

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this