Comments Add Comment

यू-१९ विश्वकप छनोट खेल्न सन्दिपको कप्तानीमा नेपाली टोलीको घोषणा

२९ असार, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोट खेल्न सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली घोषणा घोषणा भएको छ ।

भारतमा पाँच अभ्यास म्याच खेलेपछि नेपाली टोलीको घोषणा भएको हो । टोलीमा दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, सन्दिप सुनार, प्रकाश केसी, अनिलकुमार साह र पवन सर्राफ छन् ।

यस्तै रोहितकुमार पौडेल, ललित नारायण राजबंशी, प्रनित थापा मगर, आदिल खान, किशोर महतो, रिजान ढकाल र शाहव आलम छन् ।

सन्दिप जोरा, विक्रमकुमार भुसाल, रसिद खान र सुसान्त सिंह थापा बैकल्पिक खेलाडीमा परेका छन् । नेपाली टोली विश्वकप छनोट खेल्न पर्सि भारतबाट सिंगापुर जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment