शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो

संविधान संशोधन र स्थानीय तह बढाएर मात्र २ नम्बर प्रदेशमा चुनाव गरौं

कल्याण गुरुङ

 

स्थानीय तहको दुई चरणको चुनाव परिणामले नेपाली कांग्रेसलाई नेकपा एमालेले ५० सिट पछि पारेको छ । कम्तिमा ५ वा बढी साबिक गाविसहरु मिलाएर बनाइएका गाउँपालिका र ठूलो जनसंख्या ओगट्ने नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका हामी यसरी ५० सिटले पछि पर्नु भनेको अवश्य पनि धेरै ठूलो अन्तर हो । यो हामी कांग्रेसजनका लागि सुखद कुरा होइन ।

चुनाव परिणाम आइसकेको अवस्थामा जनादेशलाई सम्मान गर्नुपर्छ । यस अर्थमा हामी सन्तुष्ट छौं । अब २ नम्बर प्रदेशको चुनावमा कांग्रेसलाई पहिलो बनाउन लाग्नुपर्छ । हुन त २ नम्बर प्रदेशमा पहिलो भए पनि हामी समग्रमा एमालेभन्दा अगाडि जान नसक्ने भयौं । किनकि ५० सीट भनेको धेरै ठूलो अन्तर हो ।

अहिलेसम्म चुनाव परिणामको विषयलाई लिएर कांग्रेसभित्र औपचारिक समीक्षा भएको छैन । तर, पनि हामीले अनौपचारिक छलफल गर्दा केही कुरामा हामी चुकेका छौं, केही कुरामा एमालेले योजनाबद्ध जितेको छ । एमालेले चुनावी रणनीति जसरी अघि बढायो, कांग्रेस त्यसमा कमजोर भएकै हो ।

तालमेलमा गोलमाल

स्थानीय तहको संख्या निर्धारण गर्ने बेलामै कांग्रेस चुक्यो । एमाले र माओवादी मिलेर गाउँपालिका र नगरपालिकाको सिमाना निर्धारण गरे, किनकी त्यो बेला उनीहरु सरकारमा थिए । कतिपय सिमाना उनीहरुलाई अनुकुल हुने गरी मिलाइए, त्यसले पनि कांग्रेसलाई असर गरेकै हो । तर मूल रुपमा त्यो होइन ।

हामीले चुनावमा मूलतः माओवादी केन्द्रसँग धेरै ठाउँमा तालमेल गर्‍यौं । अन्य पार्टीहरुसँग पनि चुनावी तालमेल भयो । तर, हाम्रो तालमेलको तरिका नै मिलेन । प्रमुख र उपप्रमुखमा तालमेल गर्‍यौं तर, वडा तहमा तालमेल भएन । जसका कारण तालमेल भएका ठाउँमा धेरै ठाउँमा सफल भएन ।

भरतपुर र पोखरा महानगरपालिकाको कुरा गर्नुस् वा बुटवल र हेटौंडा उपमहानगरकै कुरा गर्नूस् । माथिमाथि तालमेल भयो तर, वडा तहमा माओवादी र हामीबीच मिलेन । वडामा एकले अर्कोविरुद्ध मत माग्ने भएपछि माथि सग्लै भोट आउने कुरा भएन ।

अब तालमेल गर्दा हामीले माथिदेखि तलसम्मै गर्नुपर्छ भन्ने पाठ सिकेका छौं । आउने सबै चुनावहरुमा हामी सत्तारुढ गठबन्धन भएकाले तालमेल हुन पनि सक्छ । तर, त्यस्तो तालमेल गर्दा माथिबाट लाद्ने होइन, तल स्थानीय तहको आवश्यकता अनुसार गर्नुपर्छ ।

यसपटक स्थानीय तहमा भएको तालमेल सफल भएको छ । तर, केन्द्रबाट गरिएको तालमेल असफल भएको छ । यो अनुभवबाट सिकेर आउने चुनावमा स्थानीय कमिटीहरुलाई नै तालमेलको निर्णय गर्ने अधिकार दिनुपर्छ ।

मुद्दाले चुनाव हारेको होइन

कतिपय हाम्रै नेताहरुले पनि पार्टीले लिएको नीतिका कारण चुनाव हारियो भनेका पनि सुनियो । कतिपयले चुनावको मुखमा गरिएका निर्णयहरुका कारण पनि असर परेको तर्क गरेका छन् । तर, मैले चुनावका क्रममा धेरै जिल्लामा पुगेर अनुभव गरेको छु, अधिकांश गाउँमा राजनीतिक एजेण्डा चुनावी मुद्दा बनेका छैनन् ।

काठमाडौं लगायत केही शहरमा महाअभियोग प्रकरण र यस्तै कुराले हामीलाई हराएकै हो । साझा पार्टी र विवेकशील नेपाली दलले काठमाडौंमा जुन मत पाए, अन्यत्र कतै पनि नपाउनुले त्यो पुष्टि गर्छ । अन्यत्र चुनावको बेला स्थानीय विकास निर्माणकै एजेण्डाहरुमा चुनाव भएको छ । एमालेको राष्ट्रवादी अडानले चुनाव जित्यो भन्ने कुरा पनि मलाई लाग्दैन ।

चुनाव जितेपछि एमालेको घमण्ड अझ बढेको देखिन्छ । केपी ओलीको दम्भ पनि निकै बढेको छ । तर, दम्भले मुलुकलाई फाइदा गर्दैन । चुनाव त अझै बाँकी पनि छन् । हामी आफ्नो अवस्था सुधार्छौं । महागठबन्धन त नेपालमा बन्दैन तर आवश्यकता अनुसार तलसम्म तालमेल गरेर हामी एमालेको घमण्ड झार्न सक्छौं ।

एमालेको जितका आधारः बृद्धभत्ता र सामुदायिक संगठन

एमालेले कित यति धेरै जित्यो ? यो प्रश्न अहिले सबैतिर उठेको छ । मैले धेरै ठाउँमा पुगेर अनुभव गरेको कुरा के हो भने चुनावमा एमाले एकदमै अफेन्सिभ ढंगले गयो । कांग्रेस सुरुदेखि नै डिफेन्सिभ भयो । चुनावको लागि एमालेको तयारी निकै अगाडि थियो । हामीले एमालेलाई सुरुदेखि नै पछि पर्न सकेनौं ।

अर्को, एमालेको बजेट र बृद्धभत्ताले हामीलाई डिफेन्सिभ बनायो । बृद्धभत्ताले हामीलाई यसरी लखेट्यो कि, एमालेले यसलाई धेरै हदसम्म प्रयोग गरेको देखियो । बृद्धभत्ता सुरु गरेदेखि २ हजार पुर्‍याएको कुरालाई हामीले चिर्न सकेनौं । हामीलाई मुख्यतः बृद्धभत्ताले नै डिफेन्सिभ बनायो । एमालेले जित्यो भने अझ बढाउने कुरालाई जनताले पत्याइदिए ।

दोस्रो कुरा चाहिँ एमालेले सामुदायिक संघ संस्थाहरु लामो समयदेखि आफ्नो पकडमा राखेको थियो । स्थानीय चुनावमा तीनै संस्थाहरु एमालेलाई जिताउन प्रयोग भए । एनजीओहरुमा एमालेको यस्तो पकड रहृयो कि जिल्लादेखि गाउँ तहसम्म सन्जाल भएका ती ठाउँमा एमालेका कार्यकर्ता सेट छन् । चुनाव जिताउने माध्यम उनीहरु बने ।

गाउँ गाउँमा वन उपभोक्ता समिति, सहकारी, विद्यालय व्यवस्थापन समिति, बिभिन्न उपभोक्ता समितिहरुमा एमालेले आफ्ना क्याडर छिराएर राखेको छ । स्थानीय तहमा राम्रो काम गरेका, सधैं साथ दिएकाहरुलाई जनताले रोज्दा एमालेका मान्छे परे । जहाँ हाम्रा मान्छे पनि त्यस्ता संस्थामा थिए उनीहरुले जिते । धेरै ठाउँमा एमालेले प्राकृतिक स्रोत साधनहरु कब्जा गरेको छ । त्यस्ता ठाउँमा एमालेका मान्छे पहिलेदेखि नै समुदायमा स्थापित छन् । चुनावमा त्यो देखियो ।

मधेशमा एमाले प्राविधिक रुपमा पहिलो

एमाले मधेस बिरोधी पार्टी हो भने र हामीले पनि भन्यौं । वास्तवमा एमालेले मधेशको इस्युमा आफूलाई सच्याउनैपर्छ । तर, मधेसमै एमाले किन पहिलो भयो भन्ने प्रश्न पनि उठेका छन् । मलाई लाग्छ, मधेसमा एमाले मधेसी जनताको भावनात्मक मत पाएर पहिलो भएको होइन । प्राविधिक रुपमा एमालेले मधेशमा कांग्रेसको भन्दा बढि सिट जित्यो ।

कोर मधेस भनेको २ नम्बर प्रदेश हो, त्यहाँ चुनाव हुन बाँकी नै छ । जहाँसम्म ११ जिल्लाको कुरा छ, त्यहाँ मिश्रित बसोबास हो । पहाडे, थारु, मधेसी र मुस्लिमको बसोबास भएको ठाउँमा एमाले किन पहिलो भयो भन्दा त्यहाँ कांग्रेसको भोट फोरम र फोरम लोकतान्त्रिकले काटे । अनि एमाले प्राबिधिक रुपमा माथि आयो ।

भारतीय सीमाक्षेत्र सुस्ता महेशपुरदेखि त्यत्रो घटना भएको टीकापुरसम्म एमालेले जितेको कुरा पनि प्राबिधिक हो । सुस्तामा धेरैले नागरिकता पाएका छैनन् । नागरिकता नभएपछि मतदाता नामावली हुने कुरा भएन । जतिको मतदाता नामावली थियो, त्यहाँ एमालेले बढी मत पाएकै हो । टीकापुरमा हाम्रो र फोरम लोकतान्त्रिकको मत बाँडिदा एमालेले थोरै मतले जितेको हो ।

यसपटक कैलाली र कञ्चनपुरका धेरै स्थानीय तहमा फोरम लोकतान्त्रिकले कांग्रेसको मत प्रशस्त काट्यो, जसका कारण एमाले फुत्तफुत्त उम्कियो । दाङमा हामी हाम्रै आन्तरिक कारणले हारेका हौं । नवलपरासी र कैलालीको समग्र नतिजा हाम्रो पक्षमै छ । सुनसरी र मोरङमा पनि कांग्रेसको राम्रो भएकै हो ।

समग्रमा कुरा गर्दा एमालेले मधेसमा पहिलो पार्टी बने पनि उसले मधेसी जनताको भावनात्मक प्रतिनिधित्व गर्दैन । हामी अब २ नम्बर प्रदेशमा जितेर त्यसको क्षतिपूर्ति गर्छौं । एमालेले मधेसी जनताको भावना बुझेर संविधान संशोधनमा सघाउनुपर्छ । नत्र चुनाव जितेरमात्र मधेसमैत्री हुन सकिन्न ।

२ नम्बर प्रदेशमा एमाले तेस्रो वा चौथो

२ नम्बर प्रदेशमा पनि एमाले नेताहरुले हामी नै पहिलो हुन्छौं भनेको सुनियो । तर, त्यसमा कुनै दम छैन । २ नम्बर प्रदेशमा एमालेको संगठन नै छैन । राजमार्ग क्षेत्रमा एमालेको राम्रो छ, तर त्यहाँ हामी मुख्य प्रतिस्पर्धी हौं । कोर मधेसमा एमालेको संगठन नै छैन ।

अर्को कुरा मधेश मुद्दामा एमाले अनुदार भएकाले पनि २ नम्बर प्रदेशमा एमालेले चुनाव जित्न सक्दैन । कांग्रेस पहिलो हुनेछ । दोस्रो स्थानमा लागि संघीय समाजवादी फोरम, राजपा र फोरम लोकतान्त्रिक प्रतिस्पर्धामा आउनेछन् । समग्रमा एमाले तेस्रो वा चौथो स्थानमा रहने हो ।

मधेसमा कांग्रेसले चुनाव जित्छ तर, हामीले २ नम्बर प्रदेशमा चुनाव हुनुभन्दा पहिले संविधान संशोधनको छिनोफानो गर्नुपर्छ । स्थानीय तहको संख्या बृद्धि गर्नुपर्छ । यति गर्न सकिएन भने कांग्रेस फेरि पनि डिफेन्सिभ हुनुपर्छ । किनकी त्यो अवस्थामा मधेसवादी अफेन्सिभ हुनेछन् । एमालेले हाम्रो जित भयो भन्छ । अनि कांग्रेस अप्ठेरोमा पर्छ ।

जनताको रिस पोखियोः अब योजना बनाऊँ

अब दुई चरणको चुनावको समीक्षा पार्टीले केन्द्रीय समिति बैठक बोलाएर गर्नेछ । २ नम्बरमा कसरी जाने भन्ने पनि टुंगो लगाउनुपर्छ । हामीले दुई चरणका चुनावमा जुन कमजोरी भयो त्यो दोहोरिन नदिन पनि सचेत हुनुपर्छ ।

अब तेस्रो चरणका र अन्य दुई चुनावको अगाडि कांग्रेसले गर्नुपर्ने मुख्य काम भनेको संविधान संशोधन टुंगो लगाउनुपर्छ । टिकट वितरण समयमै गरेर आन्तरिक व्यवस्थापन गर्नुपर्छ ।

तालमेलका सन्दर्भमा केन्द्रबाट होइन, स्थानीय कमिटीहरुलाई नै जिम्मा दिनुपर्छ । प्रचारको योजना व्यवस्थित गर्न नसक्दा एमालेले हामीलाई शुरुदेखि नै पेल्यो । अब पार्टीले योजना बनाएर चुनावको परिचालन गर्नुपर्छ । गाउँ गाउँका विद्यालय, वन-जंगल जस्ता सामुदायिक संगठनहरुमा सचेत ढंगले कांग्रेसका मान्छे प्रवेश गराउन सकिएन भने एमालेले पेल्ने रहेछ । हाम्रो ध्यान त्यहाँ पुगेन । माथिमाथि हिँड्दा तल गुम्यो ।

स्थानीय चुनावमा हामी हारेकै हौं । जनताको आक्रोश थियो त्यो रिस स्थानीय चुनावमा पोखियो । अब जनताको रिस सकियो, हामी प्रदेश र संघीय चुनावमा फेरि पहिलो हुन्छौं । त्यसका लागि योजना बनाउनुपर्छ ।

(गुरुङ नेपाली कांग्रेसका युवा नेता हुन् )

२०७४ असार ३० गते १८:१३ मा प्रकाशित (२०७४ असार ३१ गते ११:०५मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२३ प्रतिकृयाहरू प्राप्त
  • Sundar लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १०:२९

    Dherai na khokda huncha gurung ji , mahobadi ko kadhma chadara teti seat ako ho natra 100 seat pani aaune thinaa tyo janatale chunne kam ho ra chune . khali kurchi ko laggi mari hatte garne kangress khatta bhayo aba .

    48
    10
    Share

  • Psnkaj लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १०:३७

    Kalyan Gurung-Pls answer these 2 questions
    1. Does Amendment of constitution help Terai people? How? Pls mention specifically!
    2. Does the nulling of existing provision in the constitution -of requiring the consent of all the provinces in regard to the demarcation of boundaries in any way impede the overall health n progress of the Terai region? How? Why?
    Pls ask your STUPID president if you don’t have clue! But don’t underestimate the people!!!

    32
    2
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १०:४०

    आवश्यकता अनुसार तलसम्म तालमेल गरेर हामी एमालेको घमण्ड झार्न सक्छौं । ke buddhi hola ….ekalai nasakne vayepachhi gathbandan garera haraune re…pahilo ra dosroma ni garekai hauta…????

    42
    4
    Share

  • Psnkaj लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १०:४१

    Kalyan Gurung-Pls answer these 2 questions
    1. Does Amendment of constitution help Terai people? How? Pls mention specifically!
    2. Does the nulling of existing provision in the constitution -of requiring the consent of all the provinces in regard to the demarcation of boundaries in any way impede the overall health n progress of the Terai region? How? Why?
    Pls ask your STUPID
    president if you don’t have clue! But don’t underestimate the people!!!

    7
    1
    Share

  • R_R लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १०:५४

    Gurung ji ko bishleshan satik chha. Yo sabai kura shere ko gidi vitra ghusauna sake ra ramro yojana saath agaadi badema NC pahilo party banne nischit chha.Tara safal hunako lagi briddha vatta etc jasta jhuta aaswasan nadinu ramro. Testai local community haruma gunda chhiraunu jaruri Pani chhaina jun raastrabaadi A maale (nakkali) le gariraheko chha. Yo jantalai jhukyaunu vanda kehi hoina.

    6
    18
    Share

  • roshan sharma लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १०:५५

    कल्याण सर को बिस्लेसणमा एमाले ठुलो पार्टी हुनुमा ब्रिध भत्ता र् सामुदयिक संगठन को कारण भन्नु केही हद सम्म सहि हो। तर यो नै प्रमुख होइन। जनताले स्पस्ट बुझी सके काङ्रेसको यो नेत्रित्वले न प्रतिपक्ष न सरकार को भूमिका खेल्न सक्दछ । जनतालाई स्पस्ट जवाफ नदेइ कसै को ईशारा मा जती पटक यो संबिधान संसोधन को प्रकृया अगाडि बडधछ तेती पटक स्व्यम नेपाली कङ्रेस कै मतदाता त्रसित भैरहेछन् । गाँठि कुरा एही नै हो समय मै बुद्दी फिरोस.

    38
    3
    Share

  • अनुरोध लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ११:०१

    के बेकारको अलाप विलाप गर्नु हुन्छ कल्याणजी । एमालेले आफ्नो गाउँ आफैँ बनाउँ भन्ने कार्यक्रम ल्यायो तपाइँहरुले एमालेले बजेट कनिका छरेजसरी गाउँगाउँमा वितरण गर्यो भनेर खुब विरोध गर्नुभयो । एमालेले शुरु गरेको सामाजिक सुरक्षा भत्ता आफ्नै सरकारका पालमा बृद्धि भयो यहाँहरुको मन भतभत पोल्यो र भन्न थाल्नु भयो काङ्ग्रेसले जम्मा गरेको राजस्व एमालेले सकायो । जनता परिणाम हेर्छन् । सत्तामा बसुन्जेल माखो नमार्ने अनि एमालेले गरेका जनप्रिय कार्यक्रमको विरोध गर्नुको कुनै तुक छैन । जनपक्षीय काम गर्नु भएन भने नजिकै आएको चुनावमा पनि यहाँहरुले हासिल गर्ने दोस्रो स्थान नै हो ।

    51
    3
    Share

  • ishor लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ११:१२

    tallo level dekhi chukyo bhannu hunchha tar bisleshan chahi mathi ko level bat garnu bhayo.
    tapai le bhaneko kura kehi had samma millyo hola tar derai kura mithilo tah bat bisleshan gareko le mileko chhaina /

    4
    0
    Share

  • Ashim लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ११:३७

    society prati congress ko comparison ma ali responsible dekhiyo le hola, commitment towards nationalism at the time of blockade is one the factor which has made then no 1 …..now the public is irritated with the political slogans.

    3
    1
    Share

  • kamal parajuli लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १२:४१

    ४८ साल र ५६ सालमा पूर्ण बहुमतको सरकार बनाएपनि दुवै पटक ५ बर्ष पूर्ण अवधि सरकार चलाउन नसक्ने कांग्रेस जस्तो पार्टीलाई अझै पनि विश्वास गर्नु नै मुर्खता हो !!! अझै पनि जनताले अलि अलि बिश्वास गरेकै रहेछन भनेर चित्त बुझाउनुस गुरुङ ज्यु !!! तर अब जनताले तपाइहरुलाइ बिस्तारै चिन्दैछन ! नेपाली जनता अब धेरै समय भ्रममा बस्ने छैनन् !!!
    तपाईले आफै स्वीकार गर्नुभको छ नि “स्थानीय तहमा राम्रो काम गरेका, सधैं साथ दिएकाहरुलाई जनताले रोज्दा एमालेका मान्छे परे ।” भनेर

    36
    3
    Share

  • kabi raj gurung लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १३:५४

    2 number pradesh ma pani yemale pratham wa dwitiya bhayo bhane gurung ji tapai jhundera marna saknu hunchha?

    15
    4
    Share

  • Dikshya लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १६:४४

    सही कुरा दाइ यो मात्र हैन यो पनि हो – तेही एमाले एक लाख आर्मी , ६० हजार पुलिस , २०-३० हजार स-सस्त्र पुलिस , ३ लाख निजामती कर्मचारी , सस्थानका कर्मचारीहरु , शिक्षक , प्राध्यापकहरु को तलब बृद्धी गराएकाले नै हो । एति कुरा हेक्का थियो कि थिएन एकजना सरकारी तलव खाने मान्छेका उसको परिवारमा कती जना आश्रीत हुन्छन भनेर अनि उसले भोट केमा हाल्न लगाउछ ? यो कुरा त कर्मचारीको चुनाव वाटै प्रस्ट भको थियो । हाम्रा पहिलेका विद्वान अर्थमन्त्रीले अरुलाई झपार्न अनि अर्थतन्त्रले धान्न सक्दैन भन्दिने मात्र पैतृक सम्पत्ती वाट दिनु पर्ने जस्तो . अहिले थाह भाको होला नि कसरी धानिराको छ भनेर । अनि रहयो जे जती हल्ला चलिराको छ कि टिकट दिदा पनि पैसा को चल्खेल भयो अनि कसरी जित्छ ? जे छ एसैमा सन्तुस्ट हुनु जरुरी छ । आगामी चुनावको लागी जनताले प्रत्यक्ष अनुभुत गर्ने गरी काम काङ्ग्रेसी सरकार वाट भएन भने हालत एहि हुन्छ सवैलाई चेतना भया । जय नेपाल !

    12
    0
    Share

  • दिनेश पौडेल लेख्नुहुन्छ    |   २०७४ असार ३० गते २१:०४

    सही भन्नुभो गुरुङजीले । उम्मेदवार खराब दिएर, काम खराब गरेर, समयमा उम्मेदवार नदिएर नै हो काँग्रेसले हारेको । अन्तरघात भएर र प्रचारप्रसारको अभावमा पनि अलिकति होला । संविधान संशोधन र तहसङ्ख्या बढाउन त चुनाव अघि तपाईंहरूले सक्नुहुने छैन । संविधान संशोधनको मुद्दा लिएर जनतामा जाने बुद्धिसम्म छैन तपाईंको नेताको । म के पढ्दै छु भन्ने होससम्म नभएका छन् नेता । क्यै छैन उपाय त हजुर । एमाले दुई नम्बर प्रदेशमा पनि एक नम्बर पार्टी बनाउने काम सुरु भयो तपाईंको गतिविधिले ।

    15
    1
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७४ असार ३० गते २२:३९

    Nepalko rajnitima Nepali congress Saptakoshi ho but khahare bhel harule disturb gardaixa, Sanglo hunu awashyak xa

    4
    2
    Share

  • Govinda लेख्नुहुन्छ    |   २०७४ असार ३० गते २२:४१

    Bichara Gurung Sir.
    Maan Ko laddu ghee SangaSanga..

    1
    0
    Share

  • dayaram mahato लेख्नुहुन्छ    |   २०७४ असार ३० गते २३:३२

    कल्याणजीकाे बिश्लेषण पढेर मलाई पनि केहि कुरा लेख्न मन लाग्याे । २ नम्बर प्रदेशमा पनि एमाले नेताहरुले हामी नै पहिलो हुन्छौं भनेको सुनियो । तर, त्यसमा कुनै दम छैन । अनि तपाईहरुले जित्नु हुन्छ भन्ने के अाधार छ ? अर्काे कुरा तपाईहरुले गतल पार्टीसंग तालमेल गर्नुभयाे । जसले …………. कुरा बुझ्नु भयाे हाेला नी ।

    1
    2
    Share

  • Gopal Gurung लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते ८:११

    बृद्ध वृद्धाहरुलाइ कम्युनिस्टहरुले मार्छ, सम्पती आफ्नो भन्न पाइदैन देश बर्बाद पार्छ भन्ने आदि आदि भ्रामक कुरा गरेर २०४८ को चुनावमा स्पष्ट बहुमत ल्याएको नेपाली कांग्रेसले देशमा नाम चलेको सरकारी उद्योग धन्दा कलकारखाना फ्यक्ट्रि आदि निजीकरणकि नाममा कौडिको भाउमा आफ्नो पार्टी नजिक मान्छेहरुलाई बेच्यो लाखौंले रोजगारीबाट हात धुनुपर्यो, देश चलाउन नसकेर मध्यावधि चुनाव गर्यो ।
    ०५१ मा नेकपा एमालेको अल्पमतको सरकारले जनपक्षीय काम गरे बृद्ध बृद्धा, अपङ्ग, एकल महिला, दलित जनजाति,अल्पसंख्यक आदिलाई सम्मान गरे प्रोत्साहन गरे ।
    त्यसलाई देख्न नसकेर सरकार ढाल्ने प्रायाश गरे, प्रधानमन्त्री मनमोहन अधिकारीले घोषणा गरेको मध्यावधि चुनावलाई अदालत प्रयोग गरेर मनमोहन सरकार ढालेरै छोडे फेरि नेपाली कांग्रेसले नै बहुमतीय सरकार बन्यो के गरे त नेपाली कांग्रेसले जनपक्षीय काम? हुदा हुदा धेरै पछिबाट केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो राष्ट्र राष्ट्रियता र स्वाभिमानको रक्षा गर्दै अझ दृढताका साथ जनपक्षीय कार्यक्रम सार्वजनिक गरे र कार्यान्वयन गर्न शुरु गरेको जनतामा जगजाहेर छ
    देश चलाउन नसक्ने, जनपक्षीय काम गर्न नसक्ने, राष्ट्र राष्ट्रियता र स्वाभिमानको लागि अडान लिन नसक्ने देश विकासको कल्पना गर्न नसक्ने पार्टीलाई भोट किन ?
    २०४८ र २०५४ सालमा नेपाली कांग्रेसको बहुमतीय सरकार हेरियो देखियो अब नेकपा एमालेको बहुमतीय सरकार गठन भएको जनता हेर्न चाहन्छन् देख्न चाहन्छन्
    किनभने
    जनताले एमालेलाई विश्वास गरे गर्छन् पनि
    एक पटक एमालेले बहुमतको सरकार गठन गरेको हेर्न जनता आतुर छन्

    22
    3
    Share

  • Venn Dong लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते ८:५९

    Ma nepali congress party prati aasthawan xu tara party sabhapati ko karya byawahar dekhera wakka xu. Aba party bitra Deuba ko bikalpa khojnu ekdarai jarurixa.

    0
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:१६

    Mr. Gurung’s logic is fine but the main cause of Congress defeat is that:
    1. During Maoists Violence period “2052-2063″ all local NC leaders were treated to kill by Maoists and they were displaced. They returned their hometown very late after first constitutional assembly election. During their exile, their relations with local people have been disconnected. But other hands, UML local leaders were not threatened by Maoist, but in some place, they collaborated even. ALL UML Leaders have been continuing during Moaists Violence and they made the strong bond to win this local election. I say UML has ” Maoists Blessing”.
    2. The wrong Candidate – in KTM they can nominate Dr. Kedar Bhakta Mathema or Tirth Ram Dangol
    3. Poor Communication: – NC must have to communicate that Both sides Lampasarbad is bad for this country and NC to have been maintaining a balance between China and India and US.
    4. NC has failed to communicate that they spearheaded to introduce Nepal’s constitution. Now this is the time spearheading a campaign for implementation of Constitution.

    3
    0
    Share

  • sp upreti लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ८:३४

    यी मुनवाले विष्लेषण गर्न त खोजेका रहेछन् । तर जनताले खुसीले अन्त हालेको मतलाई काङ्ग्रेसको मत भन्ने अधिकार यिनलाई कसले दियो ?

    2
    0
    Share

  • Kriti s लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १०:४३

    Hami Nepali Janata dherai kurama sachet vhaisake chau.Hamile vote party herera hoina desh ra samaj prati niswartha jimmewar bahan garna sakne bayakti lai deyaka hau..yeti huda pani tapai haru ajhai kurshi ko pachi lagnu vaxa .ajhai pani kasari dherai vanda dherai kurshi jitna sakxau vanne matra plan garaudai hunu hunxa.Aba ye sojha sajha janta ko tauko ma tekera kurshi samma pugne sapana dekhna chadnus.

    0
    0
    Share

  • Raju Dhakal लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २२:३१

    कल्याण दाजु काङ्ग्रेस हारेको संविधान संसाेधनले नै हो । अर्को कुरा महाअभियाेग र राजदूत काण्ड ले पनि सहयोग गर्याे । अाईजिपि काण्ड त झन केन्द्र मा नै रह्यो । अब चुनाव हुन बाँकी ठाउँमा पनि यस्तै पाराले काङ्ग्रेस ले जित्ने देखिदैन ।

    2
    0
    Share

  • ramesh लेख्नुहुन्छ    |   २०७४ साउन ४ गते १२:२१

    Yattiko gati chaada lekh aaja samma padheko thiyen

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this