Comments Add Comment

वैदेशिक रोजगारीमा जानेले दुईवटा बैंक खाता खोल्नैपर्ने

३० असार, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले अब अनिवार्य रुपमा दुईवटा बैंक खाता खोल्नुपर्ने प्रावधान सरकारले ल्याउने भएको छ । दुई खातामध्ये एउटा आफ्नो नाममा हुनेछ भने अर्को परिवारका नाममा ।

श्रममन्त्री फरमुल्लाह मन्सुरले उपभोग मै रेमिट्यान्स सकाउने क्रम रोक्न दुई आताको अवधारणा ल्याइएको बताए ।

उनले भने, ‘वैदेशिक रोजागारीमा गएका व्यक्तिले अहिले पनि हुण्डीबाट पैसा पठाउने गरेका छन् । यो रोक्नलाई दुईवटा बैंक खाता अनिबार्य रुपमा खोल्नुपर्ने व्यवस्था गर्दैछौं ।’

अहिले बैदेशिक रोजगारीमा गएका ब्यक्तिले नेपालमा पठाउने रकम अधिकांश उपभोगमा खर्च हुने गरेको छ । अधिकांश रकम उपभोगमा खर्च नहोस् भनेर घर खर्चका लागि छुट्टै परिवारको खाता खोल्ने व्यवस्था गर्न लागिएको हो ।

साथै अहिले बैदेशिक रोजगारीमा गएकाहरुले रकम घरमा पठाउने तर घरमा श्रीमतीले रकम लिएर अर्कैसित हिँड्ने गरेका घटना पनि धेरै सुनिन्छन् । दुई वटा खाता खोलेपछि यसमा कमि आउने आशा गरिएको छ ।

सरकारले बिमा पनि परिवार र आफ्नो दुबै गर्नुपर्ने व्यवस्था गर्न लागेको छ । यसअघि वैदेशिक रोजगारीमा जानेले आˆनो बीमा गरेर जानुपर्ने व्यवस्था थियो ।

मन्त्रिपरिषदबाट पारित स्वास्थ्य बीमा विधेयक २०७३ मा परिवारको स्वास्थ्य बीमा गरेपछि मात्रै बैदेशिक रोजगारका लागि जान पाइन ब्यवस्था छ ।

व्यवस्थापिका संसदमा यो बिधेयक दर्ता भएको छ । संसदले पास गरेपछि मात्रै यो विधेयक पुर्ण रुपमा कार्यान्वयनमा आउँनेछ ।
विदेशमा काम गरिरहेका नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम मात्रै तिनका परिवारले बचत गर्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

नेपालमा रेमिट्यान्सको उपयोगबारे राष्ट्र बैंकले गतवर्ष गरेको अध्ययनले यस्तो देखाएको थियो। नयाँ अध्ययनले विदेशमा कमाएको मध्ये २५ दशमलव ३ प्रतिशत रकम ऋण तिर्न र २४ प्रतिशत रकममात्रै दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको छ ।

खाडी मुलुक र भारतमात्र होइन पश्चिमा मुलुक, जापान र अस्ट्रेलियाजस्ता सम्पन्न राष्ट्रमा अध्ययन र रोजगारीका लागि जाने नेपालीले कमाएको एक चौथाइ रकम ऋण तिर्न प्रयोग हुने गरेको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार अध्ययन क्रममा उत्तरदाताहरुले शिक्षा, स्वास्थ्य र अन्य घरायसी खर्चमा रेमिट्यान्स रकमको २३ प्रतिशतमात्रै खर्च गर्ने गरेको बताएका थिए ।

सरकारले गत महिना जारी गरेको आर्थिक सर्वेक्षणले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कुल गार्हस्थ बचतको अंश ५ दशमलव ३ प्रतिशत रहेको बताएको छ । तर जीडीपीमा कुल राष्ट्रिय बचतको अंश ४२ दशमलव ९ प्रतिशत रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment