Comments Add Comment

१३७ वर्षपछि छोरी जन्मिएसँगै परिवारमा खुसीयाली, सहरभरि हर्षबढाइँ


चार पुस्तादेखि छोरी जन्मिने प्रतीक्षामा रहेको अमेरिकाको एक परिवारका लागि गत महिना सबैभन्दा खुसीको महिना रह्यो ।

साउथ क्यारोलिनाका विल सेटलको घरमा १ सय ३७ वर्षपछि गत २५ जूनका दिन कन्याको जन्म भयो । सेटल खानदानमा झण्डै डेढ शताब्धिपछि छोरी जन्मिएकी हुन् । विलले आफ्नी छोरीको नाम कार्टर लुइस सेटल राखेका छन् ।

कार्टर नामले आफ्नी छोरीको दृढ इच्छाशक्ति राख्नमा सहयोग पुर्याउने विलको विश्वास छ । पुरुष नै पुरुषले भरिएको परिवारमा जन्मिएकी कार्टर लुईसको जन्मपछि परिवारमा खुसीयाली त छाएकै छ त्यसले शहरभरि नै तहल्का मच्चाएको छ ।

विल एक विज्ञापन कम्पनीमा व्यापार प्रवर्धनको काम गर्छन् । छोरी जन्मिएको खुसीयालीमा उनका साथीहरुले नवजात छोरीको तस्वीरसहितको बधाइ सन्देश सहितको होर्डिंग बोर्ड नै राजमार्ग किनारामा ठड्याएका छन् । १२ फिट लामो र २४ फिट चौडाइको होर्डिंग बोर्ड ठड्याइएको हो । विललाई पूरै शहरभरिबाटै विभिन्न मानिसले बधाइ दिइरहेका छन् ।

३८ वर्षका विल र उनकी ३५ वषकी पत्नी केलेनकी पहिलो सन्तान हुन् कार्टर । परिवारमा पहिलो छोरीको आगमनको खुसीयाली धुमधामसँग मनाइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment