Comments Add Comment

९ वर्षकी बच्चीको १३ पटक भाँचियो हड्डी


९ वर्षकी अबोध बालिका । तर ४ वर्षकी जस्ती लुरे देखिन्छिन् । उसो त सजिलोसँग उठ्न र हिँडडुल गर्न पनि गाह्रो छ । उनका खुट्टाका हड्डी कतिबेला प्याट्ट भाँचिने हुन् भन्ने डर छ ।

उनका हड्डी यति कमजोर छन् की चक भाँचिए जस्तै प्याट्टै भाँचिन्छन् । ९ वर्षकी हुँदासम्म उनका खुट्टाका हड्डी १३ पटक भाँचिइसकेका छन् ।

मेडिकल साइन्सको भाषामा यो रोगलाई अस्टियो जेनेटिक इम्पर्फेक्टा भनिन्छ । यस्तो रोग भएका मानिसहरुको हड्डी निकै कमजोर हुन्छन् र थोरै जोड पर्दा टुट्दछन् ।

भारतको राजस्थानस्थित एक गाउँमा बस्ने कान्तिलाल जोशी भन्ने व्यक्तिको ९ वर्षीया छोरी लक्ष्मी यस्तो रोगबाट पीडित बनेकी हु्न् ।

उनका खुट्टाका हड्डी यति कमजोर छन् कि उनी उभिन पनि गाह्रो हुन्छ र खुट्टा चलाउन पनि गाह्रो ।

तर, अचम्मको कुरा के भने हड्डी भाँचिदासमेत उनलाई दुखाइ महसुस हुँदैन । न त सुन्निन्छ नै ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment