Comments Add Comment

‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ रिलिज


गीतसंगीतका कारण सर्वाधिक चर्चामा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ आजबाट प्रदर्शनमा आएको छ । पल शाह र पूजा शर्माको जोडीलाई हेर्न बिहानैबाट काठमाण्डौका हलमा दर्शकको उपस्थिती सुखद देखिएको छ ।

गोपिकृष्णमा कृष्ण हल हाउसफूल भएपछि शिवायःमा पनि चलचित्र लागेको हल संचालकले बताएका छन् । यस्तै, बिहानी शोमा अष्टनारायण, जय नेपालमा पनि दर्शकको उपस्थिती सुखद छ ।

नायिका पूजा शर्माले बिहान ९ बजेको शो जय नेपाल पुगेका दर्शकसँगै बसेर हेरेकी छिन् । सुदर्शन थापा निर्देशित यो चलचित्रले प्रेमको कथा भन्छ । ‘भन्छु आज मनका कुरादेखि किन आजकल तिम्रो मन मैलो भो’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रलाई दर्शकले सुखद प्रतिक्रिया दिएका छन् ।

यस्तै, आजबाटै चलचित्र ‘सायद २’ पनि प्रदर्शनमा आएको छ । दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । यूवापुस्ताको प्रेमकथालाई यो चलचित्रले उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment