Comments Add Comment

अग्निले दियो एपीएफ क्लबलाई जर्सी र ट्रयाक

३० असार, काठमाडौं । अग्नी इन्कर्पोरेटेड प्रालि(महिन्द्रा) ले अग्नि ग्रुप नेपाल एपीएफ क्लबलाई खेल सामाग्री प्रदान गरेको छ । कल्वको प्रायोजक अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक पर्ने जम्मा ११२८ थान जर्सी तथा ट्रयाक प्रदान गरे ।

अग्नि ग्रुपले उक्त टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ । यस अवस्थामा अग्निले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ ।

नेपालमा खेलकुदको विकासमा अग्नि ग्रुपको प्रायोजनसँगै सकारात्मक प्रभाव परेको छ भने यो एपीएफ क्लबले समग्र देशको खेलकुद विकारमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको छ ।

अग्नि ग्रुपले आफ्नो सामाजिक उत्तरदायी भूमिका अन्तर्गत यसपटक आफूलाई नेपाली खेल जगतमा केन्दि्रत गराएको छ ।
राष्ट्रिय लिगमा मात्र केन्त नभई खेलकुदको जरैदेखि विकास गर्नमा अग्नि केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ । अग्निको यस कदमले गर्दा नेपाली फुटब तथा फुटबलका फ्यानहरुलाई विशेष फलदायी भएको दावी कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment