Comments Add Comment

सलमानसँग फेरि ज्याकलिन


बलिउड नायक सलमान खान र नायिका ज्याकलिन फर्नान्डेजको जोडीलाई ‘किक’बाट दर्शकले खुबै रुचाए । यो चलचित्रले बक्स अफिसमा पनि उत्कृष्ट व्यापार गर्‍यो ।

यो चलचित्र प्रदर्शन भैरहँदा सलमान र ज्याकलिनको प्रेमको चर्चा पनि चल्यो । अब, यो जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ ।
रेमो डीसुजाले निर्देशन गर्न लागेको एक चलचित्रमा सलमान र ज्याकलिनले काम गर्ने पक्का भएको हो । चलचित्रको नाम ‘डान्सिङ ड्याड’ राखिएको छ ।

डान्समा केन्द्रित यो चलचित्रमा ज्याकलिनलाइ पक्का गरिएको सलमान स्वयंमले बताएका छन् । ज्याकलिनको डान्स राम्रो भएकाले उनलाई लिइएको सलमानले डीएनए नामक पत्रिकालाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment