Comments Add Comment

अमेरिकाबाट फर्किएपछि बदलिइन् झरना…


नायिका झरना थापा चलचित्रको निर्देशक भैसकेकी छिन् । झरना अहिले अरुले भनेको ‘एक्सन कट’मा अभिनय भन्दा पनि आफूले ‘एक्सन कट’ भन्न थालेकी छिन् । उनले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट रिलिज हुँदैछ ।

उनै, नायिकाको सुन्दरताको चर्चा भने नेपाली चलचित्र वृत्तमा सधै हुन्छ । झरना, झन् झन् स्लिम हुँदै गएकी छिन् । झरनामा देखिएको बदलावलाई लिएर धेरैले उनलाई प्रश्न पनि गर्ने गरेका छन् ।

अमेरिकाबाट फर्किएपछि तपाई झनै ‘योङ’ देखिनु भएको छ, अमेरिकामा कतै केही औषधी त प्रयोग गर्नुभएन ? मिडिया र दर्शकले उनलाई प्रश्न सोझाउन थालेका छन् ।

तर, झरना नियमित योगा, आनन्द र खानेकुरामा ध्यान दिएर आफूले फिगर मेन्टेन गर्न सकेको बताउँछिन् । झरनाको सुन्दरता र फिगरको चर्चा नेपाली चलचित्र वृत्तमा सधै हुने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment