Comments Add Comment

निर्वाचन आयोगमा कमल थापाले बुझाए ४२ केन्द्रीय सदस्यको नाम (सूचीसहित)

३० असार, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले केन्द्रीय समितिलाई थाहै नदिई ४२ जना मनोनित केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

पशुपतिसमशेर राणा पक्षले असहमति जनाउँदै निर्णय फिर्ता लिन आग्रह गरिरहेका बेला अध्यक्ष थापाले यो नामावली निर्वाचन आयोगमा दर्ता गराइसकेको स्रोतले अनलाइनखबरलाई बतायो ।

राणा पक्षले केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन लागेको आशंका गर्दै थापाले हतार-हतार ४२ सदस्यको मनोनयन गरेको स्रोतको दाबी छ ।

मनोनयन गरिएका ४२ केन्द्रीय सदस्यहरुको पहिलो सूचीमा विश्वबन्धु थापाको नाम छ ।

राणा पक्षले भने केन्द्रीय सदस्यहरुको मनोनयन समानुपातिक र समावेशी नभएको बताएको छ ।

(यो पनि पढ्नुहोस्- राप्रपा कमल थापाको बिर्ता होइनः पशुपतिसमशेर)

मनोनित सदस्यको सूचीमा एक नम्बर प्रदेशका मोरङ, सुनसरी लगायत दुई नम्बर प्रदेशका ८ जिल्लाबाट कोही पनि परेका छैनन् । तेस्रो चरणको चुनावमा मधेसलाई समेटिनुपर्नेमा अध्यक्ष थापाले ध्यान नदिएको राणा पक्षको आरोप छ ।

को-को परे केन्द्रीय समितिमा ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment