Comments Add Comment

कोरियामा मृत्यु भएका उमेशको परिवारलाई ११ लाख सहयोग

१४ जुलार्इ, विराटनगर । डेउ नेपाली एकता समाज गजिदो दक्षिण कोरियाले दक्षिण कोरियामा मृत्यु भएका उमेशचन्द्र पौडेलको परिवार ११ लाख ६४ हजार ३ सय रुपैया आर्थिक सहयोग गरेको छ ।

डेउ नेपाली एकता समाज गजिदो दक्षिण कोरियाले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी पौडेलका ६ वर्षीय छोरी युनिसाको पठनपाठनमा सहयोगका लागि उtm रकम प्रदान गरेको हो ।

पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई समाजका सचिव चन्द्र साम्पाङले वैंक भौचर प्रदान गरेका थिए ।

विराटनगरस्थित नेपाल बैंकको मुद्धती खातामा यादव चन्द्र पौडेल संरक्षक रहने गरी पैसा जम्मा गरिएको समाजले जनाएको छ ।

विराटनगर वरगाछी घर भएका पौडे्ल वैदेशिक रोजगारका सिलसिलामा एक वर्षअघि दक्षिण कोरिया पुगेका थिए ।

दक्षिण कोरियामा काम गर्ने क्रममा उनको गत वैशाखमा मृत्यु भएको थियो । कोरियामा कार्यरत ५०० जना नेपालीबाट रकम संकलित गरी सहयोग गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment