नायिका आँचल शर्मा भन्ने वित्तिकै दर्शकलाई ‘नाई नभन्नु ल ४’ को याद आउँछ । आँचल नेपाली चलचित्र उद्योगमा उदाउँदै गरेकी नायिका हुन् । हिजोआज आँचलले सार्वजनिक कार्यक्रममा लगाउने पहिरनको पनि खुबै चर्चा हुने गरेको छ ।
वुधबार आयोजित एक चलचित्रको शोमा पुगेकी आँचलको पहिरनको सर्वाधिक चर्चा भयो । आँचललाई दर्शकले यस्तो अवतारमा देखेका थिएनन् । अधिकांश भाग खुलेको पहिरनमा पुगेकी आँचलले मिडियाको क्यामेरामा सहजताका साथ तस्बिर खिचाइन् । साच्चै, आँचलको पहिरन बदलिएको हो त ?
तस्बिरः श्रीधर पौडेल