Comments Add Comment

न्यूयोर्क राष्ट्रसंघीय मञ्चमा बिष्णुमायाको नेपालको बालबिबाह सम्बन्धी प्रस्तुती

१४ जुलार्इ, न्यूयोर्क । न्यूजर्सीकी महिला सामाजिक कार्यकर्ता बिष्णुमाया परियार (बिद्या वारिधि)ले राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा आयोजित एक कार्यक्रममा नेपालमा हुने बलजफ्ती,बाल तथा दबाव मूलक बिवाह बारेमा प्रस्तुति गरेकी छिन् ।

उनले उक्त मञ्चमा बलजफ्ती, बाल तथा दबाव मूलक बिवाह उन्मूलन सम्बन्धी गोष्ठीमा दयनीय अवस्था बारेमा जानकारी गराइन् ।
उनले गत मंगलबार जुलाई ११ तारिख राष्ट्रसघ भवनको सभा कक्षमा बोलेकी हुन् ।

मानवअधिकार निगरानी (वाच)को प्रतिवेदन अनुसार प्रत्येक वर्ष १८ वर्ष भन्दा कम उमेरका १ करोड ५० लाख किशोरीहरुको बिबाह हुने गरेको छ । यसको साथै १५ वर्षको उमेरमा बिबाह हुनेहरु करिव १० प्रतिशत रहेको छ ।

एसियन मुलकमा भारत र बंगलादेश पछि नेपाल बालविवाहको उच्च दर भएको तेश्रो मुलुक हो । जोन्टा अन्तर्राष्ट्रियका लागि युएन समितिकी लेस्ली राइटले संचालन गरेको उक्त कार्यक्रममा वक्ताको रुपमा एडवन नेपालकी संस्थापक तथा जर्सी सिटी डाईभर्सिटी एण्ड इन्क्लुजनकी सल्लाहकार बिष्णुमाया परियार, युनिसेफ अमेरिकाको फिल्ड इन्गेजमेन्ट र ग्लोबल प्रोग्राम प्रवन्धक क्याटलिन मेककर्न,जाम्बियाको राष्ट्रसंघ मिसनकी कार्यकारी प्रमुख क्रिस्टिन कालामबिना लगायत अन्य रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment