शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

टेलिभिजन वितरक भन्छन्-क्लीन फीड लागे लगानी डुब्छ, चोरी मौलाउँछ

अनलाइनखबर

३० असार, काठमाडौं । साउन १ गते अर्थात आइतबारदेखि सरकारले नेपालको टेलिभिजन सेवामा क्लीन फीड नीति लागू गर्ने तयारी गरेको छ । तर, टेलिभिजन वितरकहरुले क्लीन फीड नीति फिर्ता नभए आइतबारदेखि टेलिभिजन सेवा बन्द गने घोषणा गरेका छन् । केबल टेलिभिजनका संघसहित नेपालको एक मात्रै डिस होमले पनि क्लीन फीड नीतिको बिरोध गर्दै तत्काल फिर्ता गर्न माग गरिरहेको छ ।

डिस होमले क्लीन फीड नीति नै गलत भएको भन्दै यसले फेरि नेपालमा भारतीय अवैध डीटीएचलाई प्रोत्साहित गर्ने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुदिप आचार्यले अहिले पनि तराईसहित विभिन्न क्षत्रेमा गरेर ५ लाख अवैध डीटीएच नेपालमा प्रयोग भइरहेकालेे क्लीन फीड नीतिले त्यसलाई थप प्रवर्द्धन मात्रै गर्ने बताए ।

चोरीको डीटीएच मौलाए सरकारले ठूलो नोक्सानी बेहोर्नुपर्ने कम्पनीको भनाइ छ । ‘यहाँ क्लीन फीड लागू भएपनि भारतीय च्यानलहरुले नेपालका लागि छुट्टै प्रशारण सामग्री फीड गर्न नसक्ने बताइसकेका छन् । अब यो नीति लाग्दा यहाँ प्रशारण हुने भारतीय च्यानलहरु अवैध हुने भयो’ आचार्यले भने,’अवैध रुपमा टेलिभिजन चलाउन नमिल्ने भएकाले साउन १ गतेदेखि टेलिभिजन सेवा स्वतः बन्द हुने अवस्था छ ।’

उनले भारतीय च्यानलले नेपालका लागि छुट्टै प्रशारण सामग्री नदिने स्पष्ट गरेकाले टेलिभिजन प्रशारकहरु समस्यामा परेको बताए । डिसहोमका अनुसार भारतीय च्यानलले टेक्निकल रुपमा सम्भव हुने भएपनि त्यसरी आउने विशेष फीडवाला सामग्री थप महंगो हुने भएकाले नेपाली उपभोक्ताको सामथ्र्यअनुसार सम्भाब्य नहुने बताएका छन् ।

‘नेपालका लागि छुट्टै फीड गर्दा च्यानल थप महंगो हुन्छ । यसले उपभोक्तालाई नै मार पर्छ’ सिईओ आचार्यले भने,’अब नेपाली विज्ञापन प्रवर्द्धन गर्न विदेशी च्यानलमा डाउनलिंकमा नभएपनि हामी आफैंले नेपालीे विज्ञापन प्रशारण गर्ने अवस्था विज्ञापन संघले बनाउन सक्छ । त्यो अवस्था नबनेसम्म क्लीन फीड लगाउँदा सबै मारमा पर्छन् ।’

यसो गर्न सकेमा नेपाली विज्ञापन बजार थप विस्तार गर्न र अहिले आएको सहज अवस्था पार लगाउन सहज हुने धारणा टेलिभिजन सञ्चालकको छ ।

क्लीन फीड नीति लागु भएसँगै विदेशी च्यानलले नेपालमा विज्ञापनरहित कार्यक्रम मात्रै प्रसारण गर्न पाउँछन् । अर्थात, यो नियम लागू भएपछि नेपालीहरुले भारतीय तथा अन्य देशका टेलिभिजनबाट प्रसारण हुने विभिन्न कार्यक्रममा विज्ञापन हेर्न पर्दैन भनिएको छ । यसबाट स्वदेशी विज्ञापन क्षेत्रलाई सोझो फाइदा पुग्ने विश्लेषण विज्ञापन प्रवर्द्धक र सरकारको छ ।

‘हामीकहाँ क्लीन फीडको इस्युलाई गतल रुपमा ब्याख्या गरियो । पैसा तिरेपछि ग्राहकले विज्ञापन नै हेर्नुपर्दैन भन्ने भ्रम यहाँ छरिएको छ’ आचार्यले भने,’हाम्रो देशको बजार र ग्राउण्ड रियालिटीलाई हेरेर सरकारले नीति लिनुपर्छ । यति धेरै टेलिभिजनहरुले गरेको अर्बौंको लगानी नै जोखिममा पर्ने गरी निर्णय भएको छ । मान्य छैन ।’

टेलिभिजन सञ्चालकहरुलेे ८५ प्रतिशत प्रशारण समाग्री अहिले भारतबाट आइरहेकाले त्यसलाई ध्यानमा राखेर मात्रै निर्णय गर्नुपर्ने बताएका छन् ।

डिस होममा सिईओ आचार्य सरकारले यतिबेला डिजिटलाइजेशनमा जोड गर्नुपर्ने बताए । डिजिटलाइजेशन पूर्ण रुपमा कार्यान्वयन भएपछि मात्रै क्लीन फीडको नीति अघि सार्नुपर्ने राय उनीहरुको छ ।

विदेशी टेलिभिजन च्यानलहरु क्लीन फीडमा प्रशारण गर्ने नेपाल सरकारको तयारीबाट भारतीय टेलिभिजन च्यानलहरु चिन्तामा परेका छन् । भारतीय टेलिभिजनहरुको छाता संगठन इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन् (आइबीएफ) ले विज्ञप्ति नै जारी गरेर क्लीन फीड नीति तत्काल लागु नगर्न नेपाललाई ‘सुझाव’ दिएको छ ।

आइबीएफले आफ्नो प्रेसमा यस्तो नीति लागू हुँदा नेपालको अर्थतन्त्रमा नकारात्मक असर पार्ने दावी गरेको छ ।

आइबीएफले यो विभिन्न सोकारबालासँग आवश्यक छलफल नै नगरी ल्याइएको पनि उल्लेख गरेको छ । नेपालमा ‘एभरेज रेभिन्यु पर युजर’ पनि कम भएकाले तत्काल यसलाई कार्यान्वयन गर्न आर्थिक हिसाबले उचित नहुने आईबीएफको भनाइ छ । साथै उसले नेपालमा एन्टीपाइरेसी कानुन पूर्ण रुपमा कार्यान्वयनमा ल्याएपछि मात्रै यो उचित हुने बताएको छ ।

यो नीति कार्यान्वयन गर्नु पुर्व नेपालको ब्रोडकास्टिङ सेवा पूर्णरुपमा डिजिटलाइजेशन गर्नको लागि उसले सुझाव दिएको छ । आईबीएफले नयाँ च्यानललाई समेत क्लीन फीडबिना प्रसारणमा जान दिन अनुरोध गरेको छ ।

सञ्चार मन्त्रालयले आगामी १ साउनबाट क्लीन फीड नीति लागू गर्ने तयारी गरेपछि नेपालका टेलिभिजन प्रशारक पनि यसको विरुद्धमा छन् ।

भू-परिबेष्टित र खुला सीमाना भएको मुलुकमा विदेशी डीटीएचको चोरी पैठारी हुन सक्ने र नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरु धारासायी बन्ने र सोको कारणबाट नेपाली टेलिभिजनहरु पनि प्रायः बन्द नै हुने अवस्था आएको दावी उनीहरुको छ ।

नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुमा लगानी भएको अर्बौं रुपैयाँको नोक्सानी हुने भएकालेे क्लीन फीड नीति रद्द गर्न उनीहरुले माग गरिहेका छन् । यो माग राख्दै उनीहरुले प्रधानमन्त्री तथा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयका सचिव समक्ष ज्ञापनपत्र पेश गरिसकेका छन् ।

नीति लागू भएमा नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुका लागि बिक्रीयोग्य वस्तु नभई व्यवसाय सञ्चालन गर्न नसकिने दावी टेलिभिजन सञ्चालकको छ ।

डिसहोमका सिईओ आचार्य भन्छन्-‘भारतीय प्रशारक फोरमले नेपालको लागि क्लीन फीड उपलब्ध गराउने नसकिने भनिसकेको छ । नेपालका लागि अलग्गै फीड तयार गरी प्रशारण गर्दा पनि नेपाली उपभोक्ताले क्लीन फीडबाट प्रशारित च्यानलको शुल्क भुक्तान गर्न सक्ने पनि देखिँदैन ।’

२०७४ असार ३० गते १७:०६ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • अनोज लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १८:१६

    यो डिसहोम ले चाहिं विच-विचमा फूत्त-फूत्त आफ्नो विज्ञापन दिंदा चाहिं गैरकानूनी भएन, च्यानल चेन्ज गर्दा पनि, भोलम घट-बढ गर्दा पनि विज्ञापन दिंदा गैरकानूनी भएन, क्लीन फिड गर्न खोज्दा यो डिसहोमको टाउको दुख्ने????

    41
    0
    Share

  • nepali लेख्नुहुन्छ    |   २०७४ असार ३० गते २२:०१

    गलत नियत र गलत साेचले लिएकाे निर्णयकाे परीनाम गलत नै हुन्छ ।

    2
    20
    Share

  • राजेन्द्र लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते ८:४७

    अरु लाई अरुको चिन्ता, घर जवाई लाई खानाको चिन्ता भनेको यही हो !

    4
    0
    Share

  • janata लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते १३:५७

    Clean feed policy is good for the country and the people, so their is no point in making a clamour against it. However, the government could also look out for ways to address the grievances of the entrepreneurs to the extent possible.

    4
    0
    Share

  • Suresh लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते १४:५०

    I am not optimistic about the possibility of implementation due to low morale of the government employees.
    The policy is quite good.But difficult to implement due to our unnecessary dependency on India.

    4
    0
    Share

  • प्रेमबहादुर लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते २३:५७

    आजको प्रविधियुक्त संसारमा भारतबाटै डिस होम जोडिनु पर्छ भन्ने के छ ।भारतको डिसहोम क्लिन फिड हुँदा बिरोध त गर्ने नै भयो नि तिनिहरुको व्याबसायमा धराप हुने भए पछि ।हामी नेपालिको दक्षता भए चिनसंग पहल वा डिगिटल च्यानल ल्याउने प्रयत्न गरे हुन्छ नि ।

    9
    0
    Share

  • Drj लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:२६

    कुरा विज्ञापनहेर्न पैसा तिर्नेकि नतिर्ने भन्ने होइन, यहाँ कुरा दीर्घकालीन राष्ट्रीय हित संग गाँसिएको छ विज्ञापनमा हुने अर्बौको व्यापार नेपाली कंपनीलाइ दिने कि विदेशीलाइ सित्तैमा दिने भन्ने हो, कुनै पनि देशले विज्ञापन सहितको विदेशी च्यानल डाउनलिंक गर्न दिँदैन त्यसो गर्दा उस्को अर्थतन्त्रमा प्रतिकूल असर पर्छ त्यसैले हो क्लीनफीड मात्र डाउनलिंक गर्नु आवश्यक भएको |क्लीन फीड डाउनलिंक गरीसके पछि त्यस्मा स्वदेशी विज्ञापन जोडेर वितरणको लागी अपलिंक गर्ने गरिन्छ यही हो संसार भर चलेको रीत | अर्को कुरा क्लीनफीड च्यानल लिँदा उपभोक्ता लाइ महंगो पर्ने पनि होइन किनभने त्यहा विदेशी विज्ञापनको स्थान नेपाली विज्ञापनले लिइसकेको हुँदा खर्च मेकअप भैसकेको हुन्छ |

    5
    0
    Share

  • प्रविण लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:२८

    टेलिभिजन प्रशारकहरुको प्रमुख आय भनेको बिज्ञापनबाट आउने रकम अथवा ग्राहकबाट लिने रकम हो । ग्राहकबाट रकम लिईसकेपछि बिज्ञापन देखाउन पाईंदैन । कित त बिज्ञापनबाट रकम उठाउने अनि ग्राहकलाई फ्रि मा कार्यक्रम देखाउने हो । तर बिडम्बना सतिले सरापेको देशका जनताहरुले टेलिभिजन हेरेको पैसा पनि तिर्नु पर्छ अनि जबरजस्ती बिज्ञापन पनि हेर्न बाध्य हुनु पर्छ । सरकारले नीति त ल्याएको हो तर कार्यान्वयन गर्ने बेलामा टेलिभिजन कम्पनी तथा बिदेशी दलालहरुले विभिन्न बहानामा भाँजो हाल्ने गरेका छन् ।

    2
    1
    Share

  • Manoj Bhattarai लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ७:३८

    अरु कुरा जानिदैन हामी प्रीमियर लीग,ला लिगा हेर्न पाउनु पर्यो,साथै हामी उपभोक्ता को ढाड सेकने गरी डिस होम को मूल्य बड्नु भएन।

    1
    1
    Share

  • suva acharya लेख्नुहुन्छ    |   २०७४ साउन ४ गते ११:५०

    please government yo DISH Home lagi turnati karbari garnuparyo

    Yo ta bhanda ho please do action

    ra yeslagi SHARE ISSUE garna pani dinuvayena please yesle ta janta ko lagani second ma dubhauchhu please please goverment

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this