Comments Add Comment

वैदेशिक रोजगार संघमा वामपन्थी प्यानल विजयी, रोहन बने अध्यक्ष


३१ असार, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा वामपन्थी प्यानबाट अध्यक्षको उम्मेदवारी दिएका रोहन गुरुङ विजयी भएका छन् ।

द्वितीय उपाध्यक्ष र कोषाध्यक्षबाहेकका अन्य पदमा पनि वामपन्थी प्यानलकै उम्मेदवारले जितेका छन् ।

अध्यक्ष गुरुङ प्रजातान्त्रिक समूहका विमल ढकाललाई ९३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । गुरुङले ४३४ मतका साथ जित दर्ता गराउँदा ढकालले ३४१ मत ल्याए ।

गुरुङको व्यावसायिक (वामपन्थी) प्यानलबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना विजयी भएका छन् भने तृतीय उपाध्यक्षमा शुक्र तामाङको पल्लाभारी भएको छ । महासचिवमा नरेश गेलाल र सचिवमा र्इश्वर जिसी विजयी भए ।

ढकालको प्रजातान्त्रिक समूहबाट द्वित्तीय उपाध्यक्षमा भुवन गुरुङ र कोषध्यक्षमा राधिका कटुवालले ले जित निकालेकी छन् ।

पदाधिकारीहरुको मत परिणाम सार्वजनिक भए पनि सदस्यहरुको मतगणना भने आइसकेको छैन ।

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनका रुपमा लामो समयदेखि सक्रिय संघको बिहीबार निर्वाचन भएको थियो । निर्वाचनमा वामपन्थी र प्रजातान्त्रिक समूह आ–आफ्नै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment