Comments Add Comment

कतारमा मनाइयो भानु जयन्ती

आदिकवि भानुुभक्त आचार्यको २०३ अाैं  जन्मजयन्ति कतारमा मनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज, कतार शाखाले भान जयन्ती र अधिवेशन एकैपटक गरेको हो ।

३० असारका दिन अन्तर्राष्ट्रिय साहित्य समाज, कतार शाखा तथा नवोदित साहित्यिक वाचनालय कतारले अनेसास नवोदित साहित्यिक वाचन श्रृंखलाको ७१ औं डबली दोहामा गरेको छ । नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष सिताराम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्जकहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुका साथै भानुभक्तको योगदानबारे चर्चा गरेका थिए ।

कार्की भए अध्यक्ष

नवोदित साहित्यिक वाचनालय कतारको सम्पन्न नवौं अधिवेशनले लेख कार्कीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा ईश्वर शाही, द्वितीय उपाध्यक्षमा टीका खड्का, मोवाइल पुुस्तकालय संयोजक दीपमिलन, महासचिवमा दिलीप पराजुुली छनोट भएका छन् । राजन लामा सचिव भएका छन् भने ईश्वर शाही कोषाध्यक्ष बनेका छन् । चक्र कार्की कोषाध्यक्षमा निर्विरोध भए । सदस्यहरुमा जनकराज सापकोटा, तिलुु शर्मा, बिन्दा लामा, लिलानाथ घिमिरे, रुप रसाइली, शेखर बस्नेत, बसन्त भुुजेल, सन्तोष अधिकारी र दीपप्रदिपकुमार छानिएका छन् ।

नवोदित कृति अवार्ड खड्कालाई

समाजले कृति अवार्ड समेत वितरण गरेको छ । विनोद खड्काको नियात्रा संग्रह ओलाका लागि उक्त अवार्ड दिइएको हो ।
सर्जक भानुु सुनुुवार र प्रेमप्रसाद भट्राई सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment