Comments Add Comment

१ सय १० महिलासँग डेट गरिसकेका छन् यी मर्द, ३ सय ६५ पूराउने योजना

एकजना पुरुषले आफ्नो जिवनकालमा कतिजना महिलासँग डेट गर्ला ? भारतको चेन्नइका एक पुरुषले चाहीँ अहिलेसम्म १ सय १० जना महिलासँग डेट गरिसकेका छन् । जिवनका आगामी दिनहरुमा समेत नयाँ नयाँ केटीहरुसँग डेटिङ जारी राख्ने र त्यो संख्यालाई ३ सय ६५ पूराउने उनको योजना छ ।

फेसन फोटोग्राफर तथा तमिल फिल्मका अभिनेता समेत हुन् सुन्दर रामू । वर्षको अन्त्यसम्ममा ३ सय ६५ जना महिलासँग डेटिङ गर्ने योजना उनको छ । अर्थात् उनी हरेक दिन नै फरक फरक महिलासँग डेटिङमा जानेछन् ।

यद्यपि यसरी डेट जानुअघि उनका केही नियम छन् । उनले कहिल्यैपनि कुनै सुन्दर ठाउँको छनोट गर्दैनन् । खानाको अर्डर पनि दिँदैनन् । केटी पार्टनरले जे अर्डर गर्र्छे उहीँ खान्छन् । डेटिङमा खानपिन र घुमफिरको बिल कहिल्यैपनि नतिर्ने नियम छ उनको । उनीसँग डेटिङमा जाने महिलाले नै खर्चको जोहो गर्नुपर्नेछ ।

अहिलेसम्म सुन्दर २१ वर्षकी युवतीदेखि लिएर १ सय ५ वर्षकी वृद्धासम्म सँग डेटिङ गएका छन् । आफ्नो एक फोटो प्रोजेक्टको हिस्साको रुपमा उनले डेटिङ अभियान जारी राखेका हुन् र यसका साथै हरेक उमेरका महिलासँग भेट्ने र उनीहरुको विचार बुझ्ने उद्धेश्य पनि उनको हो ।

उनले अहिलेसम्म कतिपय चर्चित अभिनेत्री, पत्रकार, विदेशी तथा सेलिब्रेटीसँग डट गइसकेका छन् । ती मध्ये अभिनेत्री श्रीया सरन, अभिनेत्री तथा पत्रकार सुचित्रा कार्तिक कुमार लगायतका रहेका छन् । यतिमात्र होइन चेन्नइमा एक नेताको घरमा उनकी पत्नीसँग समेत डेटिङ गर्न भ्याइसकेका छन् सुन्दरले ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment