Comments Add Comment

लामा दूरीका बस चक्रपथ घुमेर बसे ५ हजार जरिवाना

नयाँबसपार्कबाट छुटेका सिधै कलंकीबाट बाहिरिनुपर्ने

३१ असार, काठमाडौं । लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले भोलि आइताबरदेखि गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ ।

अब नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना लगाउनेछ ।

अहिले यात्रु खोज्न बसपार्कबाट छुटेका बस चक्रपथ घुमेर बस्ने गरेका छन् । यसले ट्राफिक जामको समस्या बढाएको निश्कर्ष ट्राफिक प्रहरीको छ ।

अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलंकीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलंकीबाट सिधा बाहिरिनुपर्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँ-ठाउँमा जाम हुने समस्या बढेकाले यो ब्यवस्था गरिएको बताए ।

नियम नमान्ने सवारी साधनलाई भोलिदेखि  नै कारबाही सुरु गरिने पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment