Comments Add Comment

आवेदन ढिलो खुल्दा कैलालीमा लाइसेन्स परीक्षा दिनेको भीड

३१ असार, कैलाली । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि ढिलो गरी आवेदन खुल्दा कैलालीका सर्बसाधारणलाई सास्ति हुने गरेको छ ।

वर्षमा एक दुई पटक मात्रै खुल्ने आवेदन हजारौ सर्वसाधारणहरुले भर्ने गरेका कारण यातायात व्यवस्था कार्यालय कैलालीलाई व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने गरेको छ ।

गत चैत्र महिनामा खुलेको मोटरसाइकल चालक अनुमति पत्रका लागि करीव १४ हजारले आबेदन दिएका छन् । उनिहरुको शनिबार कैलाली बहुमुखी क्याम्पसमा लिखित परीक्षा हुँदैछ । लिखित परीक्षाका लागि आएका सर्वसाधारणले एकै चोटी यति धेरै संख्यामा आवेदन पर्दा परीक्षा समेत अमर्यादित हुने गरेको गुनासो गरेका छन् ।

कैलाली बहुमुखी क्याम्पसमा भएको परिक्षामा टाढाटाढाबाट सहभागी हुन आएकाहरुको लामै लाईन देख्न सकिन्थ्यो । परीक्षा हुने स्थान भन्दा करिब एक किलोमिटर परैबाट मोटरसाइकहरुको जान लागेको थियो । उक्त जामलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई समेत हम्मे-हम्मे परेको थियो ।

मोटरसाइकल चालक अनुमति पत्रका लागि गत बर्ष चैत्रमा आबेदन खुलेको खुलेको थियो । स्थानीय तह दोस्ा्रो चरणको चुनावका कारण आवेदन दिएको ३ महिनापछि मात्रै परीक्षा भएको छ ।

अछामको साफेवगर नगरपालिका बैज्यनाथबाट सवारी चालक अनुमति पत्रको परिक्षा दिन आएका रबिन्द्र शाहले दैनिकी सजिलोका लागि मोटरसाईक अपरिहार्य भएपनि ढिलो गरि खुल्ने लाईसेन्स परिक्षाले समस्या उत्पन्न हुने गरेको बताए ।

उनले सात नम्बर प्रदेशमा कैलाली र कंचनपुरबाट मात्रै लाइसेन्स वितरण गरिने भएकाले सजिलोको लागि पहाडी जिल्लामा समेत व्यवस्था हुनु पर्ने बताए ।

सवारी चालक अनुमति पत्रका लागि सुदूरपश्चिमका जिल्लाबाट मात्रै नभएर अन्य जिल्लाबाट समेत आवेदन भर्नेहरुको संख्या उल्लेख्य मात्रामा रहेको सेती अञ्चल यातायात व्यवस्था कार्यालयले जानकारी दिएको छ ।

एकैपटक धेरैजनाको आवेदन पर्दा परीक्षा लिन समेत अप्ठेरो हुने गरेको कार्यालयले जनाएको छ ।

सेती अन्चल यातायात ब्यबस्था कार्यालय कैलालीका प्रमुख कृष्ण भुषालले शनिबार परीक्षामा १३ हजार ७ सय जनाले सहभागिता जनाउने बताए ।

स्यानीय तह निर्वाचनका कारणले समयमा परीक्षा लिन नसक्दा समस्या भएको उनले बताए । उनले एउटै कार्यालयबाट सवारीचालक अनुमति पत्र बितरण र सवारी दर्ता लगाएतका काम गर्नु परेकाले समस्या हुने गरेको कार्यालय प्रमुख भुषालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment