Comments Add Comment

अरुको हात समातेर खोला तर्न पल्केका सलमान खान

सलमान खान अहिले बलिउडका ठूला स्टारमा गनिन्छन् । पछिल्ला केही वर्षमा उनले खेलेका फिल्म विरलै फ्लप भएका छन् ।

तर, सलमान त्यति सजिलै आजको स्थानमा आएका होइनन् । कयौंपटक लगातार फिल्म फ्लप भएर उनको करिअर धरापमा पर्दै आएको थियो । तर, उनले जसोतसो आफूलाई जोगाए । यस्तो संकटको बेला उनी अर्को स्टारको सहयोग लिन माहिर छन् ।

९० को दशकमा सलमानको करिअरको ग्राफ तलमाथि भइरहन्थ्यो । जब जब उनको ग्राफ तल जान्थ्यो, उनी अर्को स्टारको सहारा लिन्थे र आफ्नो स्टारडम फिर्ता गर्थे ।

जब सलमान फिल्म इन्डष्ट्रीमा आफूलाई स्थापित गराउन खोजिरहेका थिए, उनलाई एउटा हिट फिल्मको आवश्यकता थियो । त्यतिबेला सञ्जय दत्त स्थापित अभिनेता थिए । सलमानले सञ्जयको हात समाते । १९९१ मा सञ्जय र सलमान अभिनित फिल्म साजन आयो र सुपरहिट भयो । संगीत र कलाकारहरुको दमदार अभिनयले फिल्मलाई सफलता दिलाएको थियो । कुर्बान फ्लप भएर रन्थनिएका सलमानलाई साजनले ठूलो राहत दियो ।

साजनपछि सलमानको स्टारडम फेरि खस्किन थाल्यो । उनका लगातार पाँच फिल्म फ्लप भए । त्यसपछि उनले हात समाते आमिर खानको । आखिर र सलमान अभिनित फिल्म अन्दाज अपना अपना निकै सफल भयो । सलमानलाई पनि यो फिल्मबाट ठूलो फाइदा भयो ।

१९९४ मा हम आपके है कौनको शानदार सफलतापछि सलमानको स्टारडम आकाशिएको थियो । तर त्यसपछिको फिल्म चान्दका टुकडा नराम्रोसँग असफल भयो । यसले सलमानको करिअरमा फेरि धक्का लाग्यो । यसपटक उनले शाहरुख खानको सहारा लिए । शाखरुख र सलमान अभिनित फिल्म करण अर्जुनले बक्स अफिसमा तहल्का पिट्यो र सलमान फेरि सफल अभिनेतामा दरिए ।

तर पछिल्ला वर्षहरुमा भने सलमानलाई कसैको सहारा चाहिएको छैन । बरु उनी नै अरुलाई सहारा दिन सक्षम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment