Comments Add Comment

दीपिका दुब्लाएर झिरिप्प, फ्यानले मजाक उडाए !

बलिउड अभिनेत्री दीपिका पादुकोणको एउटा तस्वीर अहिले चर्चित बनेको छ । यो तस्वीरमा उनी महिनौं खाना नखाएझैं अति दुब्ली देखिएकी छिन् ।

यो तस्वीर दीपिका आफैंले इन्स्टाग्राममा हालेकी हुन् । यो श्यामश्वेत तस्वीरका कारण उनलाई व्यापकरुपमा ट्रोल गरिएको छ । एक युजरले लेखेका छन्, ‘खाना खान्नौ कि क्याहो ? पुरै सुकेको रुख झैं देखिएकी छौ ।’

कतिले उनलाई बुढी भएकी भनेर पनि लेखेका छन् । कतिले चाहिँ पोषणयुक्त खाना खान सल्लाह दिएका छन् ।

‘यदि खानेकुरा छैन भने म पठाइदिन्छु,’ अर्का युजरले लेखेका छन् ।,

यसभन्दा अगाडि पनि दीपिकालाई एउटा सेक्सी फोटोलाई लिएर ट्रोल गरिएको थियो । त्यसमा अधिकांसले भद्दा गाली गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment