Comments Add Comment

प्रदेश नं. ५ टिम च्याम्पियन

३१ असार, काठमाडौं । पाँचौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि प्रदेश नं. ५ ले जितेको छ । ७ स्वर्ण, १ रजत र १ कांस्य जित्दै प्रदेश नं. ७ टिम च्याम्पियन बन्न सफल भयो ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण, ३ रजत र २ कांस्यसाथ प्रदेश नं. २ दोश्रो भयो । २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको प्रदेश नं. १ ले तेश्रो स्थानमा चित्त बझायो ।

प्रदेश नं. ५ बाट महिलाको ४९ केजीमा डिना तामाङ र ५३ केजीमा पार्वती पाण्डे तथा पुरुषको ५० केजीमा तपन केवत, ५४ केजीमा सुमित लामा, ५८ केजीमा अजय रिजाल, ६३ केजीमा रविन अधिकारी र ६८ केजीमा प्रेमबहादुर नेपालीले स्वर्ण हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा शनिबार भएको प्रतियोगितामा प्रदेश नं. २ का लागि महिला ४६ केजीमा मेलिना माझी र ६२ केजीमा अस्मिता रिजालले स्वर्ण जिते । त्यस्तै प्रदेश नं. १ लाई महिला ४३ केजीमा विनिता घिमिरे र ५७ केजीमा पार्वती राईले स्वर्ण दिलाए ।

प्रतियोगिताको पुरुषमा प्रदेश नं. ६ विवेक विश्वकर्मा तथा महिलामा प्रदेश नं. १ की विनिता उत्कृष्ट खेलाडी चुनिए ।

दुईदिने प्रतियोगितामा ७ प्रदेशका १ सय ४० खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment