Comments Add Comment

‘म यस्तो गीत गाउँछु’को आक्रामक व्यापार, फ्यानको विचमा पल र पूजा(फोटो र भिडियो)


लामो समयपछि दर्शकको भीड काठमाण्डौ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि दर्शकको उपस्थिती सबैजसो हलमा आक्रामक देखिएको छ ।

शुक्रबार बम्पर ओपनिङ गरेको चलचित्रले शनिबार आफ्नो आक्रामक व्यापारलाई निरन्तरता दिएको हो । शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हल दर्शकको उच्च चापले भरिए ।

गोपीकृष्ण र अष्टनारायणमा दर्शकको उपस्थिती, भिडियोमा यहाँ हेर्नुहोस्ः


बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म काठमाण्डौका अधिकांश हलमा अनलाइनखबरकर्मी पुग्दा दर्शकको भीड उच्च देखिएको छ । काठमाण्डौको गोपीकृष्ण हलमा रहेको ५ पर्दा बिहानी शोमा ‘म यस्तो गीत गाउँछु’ हेर्न आउने दर्शकले भरिए । दिनभर नै यो चाप गोपीमा देखियो । यस्तै, काठमाण्डौको अष्टनारायण हलमा पनि दर्शकको चाप उस्तै रह्यो । बिहानी शोदेखि नै अष्टनारायणका ४ मध्ये ३ पर्दा ‘म यस्तो गीत गाउँछु’ हेर्न आएका दर्शकले भरिए । दिनभरका ४ शोमा ३ पर्दा हाउसफूल रहे ।

यस्तै, मल्टिप्लेक्समा पनि दर्शकको चाप उच्च देखिएको थियो । काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल, लबिम, बीग मुभिजमा चलचित्रले पाएको सबै शोमा हाउसफूलका साथ दर्शकले चलचित्र हेरे ।
काठमाण्डौका वितरक गोपाल कायस्थले बम्पर व्यापार भएको प्रतिक्रिया दिए । उनले, धेरै समयपछि नेपाली चलचित्र हेर्न दर्शक यसरी हलमा उर्लिएको बताए ।

यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिती आक्रामक देखिएको मोफसलका वितरक मनोज राठीले बताए । उनले पं्रतिक्रिया दिदै भने–‘यसलाई बबाल भन्नुपर्छ । यस्तो व्यापार निकै कम मात्र देख्न पाइन्छ । हलमा दर्शक उर्लिएका छन् ।’

काठमाण्डौका हलमा चलचित्रका निर्देशक सुदर्शन थापा, नायक पल शाह, नायिका पूजा शर्मा पुगेका थिए । गोपी, अष्टनारायण, जय नेपाल लगायतका हलमा दिनभर नै सुदर्शन, पूजा र पल पुगे । पल र पूजासँग सेल्फी लिन दर्शकको क्रेज खुबै देखिएको थियो । मल्टिप्लेक्स र सिंगल हलमा चलचित्र हेर्न पुगेका दर्शकमाझ पल र पूजा घेरिएका थिए ।

चलचित्रको २ दिनको कलेक्शन आइतबार बिहानसम्म थाहा हुने वितरकहरुले बताएका छन् । तर, लभ स्टोरी जनराको यो सांगीतिक लभस्टोरी चलचित्रले बम्पर व्यापार गरेको वितरकहरुले बताएका छन् । चलचित्र हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन् । हाँस्य कलाकार राजाराम पौडेलको अभिनयलाई सबैभन्दा धेरै रुचाइएको छ ।

तस्बिर र भिडियोः कमल प्रसाई  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment