शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

राजपा निर्वाचनमा सहभागी हुन तयार छः संयोजक ठाकुर

३१ असार, वीरगञ्ज । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताएका छन् ।

संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने उनले बताए । राजपा, पर्साले बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा गर्दै संयोजक ठाकुरले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ता सरकारले गरे निर्वाचनमा सहभागी हुने वातावरण बन्ने धारणा राखे ।

संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ नपुगेको अवस्थामा सरकारको निर्णयबाट हुन सक्ने कार्यलाई पूरा गरे राजपा स्थानीय तहको निर्वाचनमा सहभागी हुनसक्ने उनले बताए ।

ठाकुरले तराईमा स्वास्थ्य र शिक्षामा सरकारले लगानी कम गरेका कारण मधेसी पछि पर्दै गएको आरोप लगाए । शक्तिका रुपमा रहेको स्वास्थ्य र शिक्षामा जनसंख्याका आधारमा सरकारले लगानी नगरेका कारण मधेसी पछि पर्दै गएको उनको दाबी छ ।

कार्यक्रममा पार्टीका प्रवक्ता एवम् प्रभावशाली नेता विमल श्रीवास्तव, नेजामुदिन समानी, शशिकपुर मियाँलगायतले यथास्थितिमा स्थानीय तह निर्वाचनमा सहभागी नहुने बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राजपा नेपालमा प्रवेश गरेकाहरुलाई संयोजक ठाकुरले फूलमाला र टीका लगाई स्वागत गराएका छन् ।

२०७४ असार ३१ गते २०:३६ मा प्रकाशित (२०७४ साउन ५ गते १०:०५मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Bishwontar Sukubhatt लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १०:५४

    राजपा निर्वाचनमा सहभागी हुन तयार त छ तर यो दलका मदिसे नेताहरु (जो मधेस र मधेसी जनताको विरुद्ध अनि भारतपरस्त छन्) जनतादेखि डराउँछन् अनि सरकारसंग निउँ खोजिरहन्छन् । ताइनतुइँ हातमा लाग्यो माइनस दुइ ।

    8
    5
    Share

  • YubaRaj लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १०:५७

    राजपा र भाजपा एउटै हुन् भन्नेकुरा नेपाली जनतालाई राम्ररी थाहैछ तेइ भएर यी मदिसे नेताहरुको कुरा गर्नु नै बेकार ।

    6
    5
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this