Comments Add Comment

प्रवासमा भानुको सम्झना

१५ जुलाई, युएई – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०४ औ जयन्ती युएईमा विविध कार्यक्रम गरी मनाइएको छ ।

२ दर्जन सृष्टाहरुले कविता, गजल, मुक्तक वाचन गरी भानुको सम्झना गरेका छन् ।

युएईका नेपालीहरुको जमघटको केन्द्र बरदुबईको सिराज लस्सी सेन्टरको हलमा नेपाली भाषा तथा साहित्यलाई माया गर्ने साहित्यानुरागीहरुले भानुभक्तको तस्वीरमा फूल तथा अविर चढाए । धेरैले कविता र गजल वाचन गरे । केहीले गीत प्रस्तुत गरे भने केहीले नृत्यसमेत गरेर २०४ औ भानुजयन्ती भव्यताका साथ मनाए ।

रोजगारीका क्रममा रहेका प्रवासी नेपालीहरुलाई एउटै मञ्चमा उतार्ने कामको संयोजन भने मुन गुरुङले नेतृत्व गरेको नेपाली समुदायले गरेको थियो । गत वर्षबाट सञ्चालन भएको यो शृंखलालाई निरन्तरता दिँदै नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्तलाई सम्झना गरेको समाजका अभियन्ता श्यामकृष्ण कृष अतृप्तीतले जानकारी दिए । कार्यक्रममा भानुभक्तको कृतित्व र व्यक्तित्वबारे श्यामकृष्णले तयार पारेको १० मिनेटको श्रव्यदृष्य सामग्री प्रस्तुत गरिएको थियो ।
नेपाली समुदाय युएईका संरक्षक सौमेन्द्र सागर उपाध्यायको सभापतित्वमा सञ्चालित कार्यक्रममा भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गरिएको थियो ।

प्रवासको संघर्षपूर्ण जीवनशैलीमा पनि आफ्नो भाषा, साहित्य, संस्कृति र देशप्रेमको आवाजलाई श्रष्टाहरुले आ–आफ्नो रचनामा झल्काएका थिए । अधिकांश श्रष्टाहरुका सचनामा देशप्रेम, परदेशको पीडा, मायालुको सम्झना, वियोग र वैदेशिक जीवनका पीडाका स्वरहरु उरालेको देखिन्थ्यो ।

प्रवासमा रहेर पत्रकारितामार्फत सेवा पुर्याएकोमा अनलाइनखबर डटकमका युएई प्रतिनिधि रामप्रसाद ढुंगेल सम्मानित भएका छन् । युएईको क्रियाशील सामाजिक संस्था नेपाली समुदायले ढुंगेललाई कदरपत्रका साथ खादा ओडाएर सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment