Comments Add Comment

एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न

अध्यक्षमा पुनः गुरुङ

१६ जुलाई, जेद्धा । एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न भएको छ ।

आगामी सेप्टेम्वरमा हुन गइरहेको एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन अगाबै सबै देशमा रहेका संगठित एनसीसी तथा आरसीसीहरू धमाधम अधिवेशन गर्ने क्रममा गैरआवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समिति साउदी अरबले पनि चौथो अधिवेशन सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी रेवती रमन पौडेलले हरेक कृयाकलापमा एनआरएनए सरकारको अभिन्न अंग जस्तो बनिसकेको र अझ एनआरएनकर्मीहरू सरकारको विना तलवका कर्मचारी सरह काम गरिरहेको भन्दै समाज सेवाको उत्कृष्ट नमूना सृजना भएकोमा आभार व्यक्त गरे ।

कार्यक्रममा विनोद तिमिल्सिनाले विगत कार्यकालमा भएका संस्थगत प्रगति विवरण प्रस्तुत गरेका थिए भने सुपि्रम तामाङले कोषको आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

जेद्धाको सरफियास्थित इमपाला अडिटोरियम हलममा आयोजित कार्यक्रम आरसीसी जेद्धाका अध्यक्ष भिमगुरूङको सभापतित्वमा तथा महावाणीज्य दूतावास जेद्धाका कार्वहाक महावाणिज्यदूत रेवती रमण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिमा बाणिज्यदूत मनहरी दंगाल, हज व्यवस्थापनका लागि नेपालबाट आएका गृह मन्त्रालयका सहसचिब हेमराज पोखरेल, आइसीसी सदस्य दिनेश सुनुवार लगाएत जेद्धास्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई एनसीसी उपाध्यक्ष ध्रुव रिजालले संचालन गरेका थिए भने सहभागीलाई राम गुरूङले स्वागत गरेका थिए ।

अध्यक्षमा पुन गुरुङ

यसैवीच अधिबेसनबाट पुन २०१५-२०१७ कै कार्यकाल सम्हालेका भिम गुरूङ चयन भएका छन् ।

उपाध्यक्षमा पनि यस अघिकै उपाध्यक्ष् रहेका बेद गुरूङ चयन भएका छन् ।

हाललाई रिक्त एक सदस्यपछि मनोनित गर्ने गरी १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

जसमा राजकुमार गिरी सचिव, रूद्र गिरी सहसचिब, कोषाध्यक्षमा सुपि्रम गोले, सहकोषाध्यक्षमा राम थापा मगर रहेका छन् ।
सदस्यहरुमा पवन थापा मगर, रबिन शर्मा, इश्वरी बिष्ट, अरून चापागाईं, राजेश काफ्ले, अर्जुन गिरी रहेकाछन् ।

कार्यक्रम समापन गर्दै सभापति गुरूङले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै सबैको सहकार्य,सहयोग र सद्भावलेनै आफूलाई पुन दोस्रो कार्यकालको जिम्वेवारी पाएकोले श्रमिकमैत्री एनआरएनए बनाउने प्रतिबद्धता जनाए ।

अधिबेशनमै स्वास्थ्य परिक्षण

अधिबेशनमा स्वास्थ्य परिक्षण गर्ने व्यवस्था पनि मिलाइएको थियो ।

सोही क्रममा ७० जना सहभागीले रक्तचाप र मधुमेहको निःशुल्क परिक्षण गराएका थिए ।

जसमा ५ जनालाई उच्च मधुमेह र १४ जनालाई उच्च रक्तचाप भएको पाइएको र तुरून्त हस्पिटल जान सुझाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment