शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

ब्राजिलियन नेतृको बिहेमा अण्डा आक्रमण !

अनलाइनखबर

ब्राजिलकी एक महिला नेतृले बामपन्थी प्रदर्शनकारीमाथि आफ्नो विवाहमा अवरोधको प्रयास गरेको आरोप लगाएकी छन् ।

२५ वर्षीया मारिया भिक्टोरिया ब्राजिलको पाराना प्रान्तकी राज्य सभा सदस्य हुन् र उनका पिता ब्राजिली राष्ट्रपति माइकल टेमेरको सरकारमा स्वास्थ्यमन्त्री छन् ।

मारियाको यो दावी छ कि राष्ट्रपतिलाई उनको परिवारले गरेको समर्थनका कारण बामपन्थी प्रदर्शनकारीले उनको विवाहका क्रममा अवरोधको प्रयार गरेको थियो ।

शुक्रबार जिस चर्चमा मारियाको विवाह भइरहँदा चर्च बाहिर सयौंको संख्यामा प्रदर्शनकारी जम्मा भएका थिए ।

प्रदर्शनकारीले त्यहाँ अण्डाले आक्रमण गरेका थिए, जसका कारण मारियालाई सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठाइएको थियो ।

मारियाको विवाहमा उनका पिता रिकार्डो ब्यारोेस, पाराना राज्यको उप गभर्नर रहिसकेकी उनकी आमा लगायत ब्राजिली राजनीतिका थुप्रै हस्तीहरुको उपस्थिति थियो ।

यस विवाहका लागि ब्राजिली कांग्रेसका कम्तिमा ३० सदस्य पारानाको राजधानी क्युरिटिवा आउने बताइएको थियो ।

प्रदर्शनकारीले त्यहाँ सरकारबिरोधी नारा लगाएका थिए मारियालाई सरकारको फेरवदलमा सहयोगी भूमिका खेलेको आरोपपनि प्रदर्शनकारीले लगाएका थिए ।

नव दम्पती र उनका पाहुनाहरुलाई सुरक्षित स्थानमा लानका लागि अन्तिममा दंगा नियन्त्रण पुलिसलाई बोलाइएको थियो ।

पारानाको गभर्नरका लागि मारियाकी आमा सिडा बोरगेटीले हालै चुनाव लड्ने घोषणा गरेकी छन् र यसका लागि उनलाई बामपन्थी पार्टी र युनियनले फण्ड दिएका छन् ।

मारियाको दावी यो छ कि प्रदर्शन यसै कारणले भएको थियो । साथै उनले भनिन्, ‘यो लोकतन्त्रको मान्यता हो ।’

एजेन्सी

२०७४ साउन १ गते १०:४३ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • हिमाल खत्री लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १४:३२

    बिहे मा पनि आक्रमण ????
    ब्राजिल को पनि सरकारी नियम
    नेपाल को जस्तै फितलो छ कि क्या हो 😂😂😂

    0
    0
    Share

  • Kul abhagi लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १६:४४

    Yes

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this