Comments Add Comment

प्रधानन्यायाधीश बहादुरी देखाउने पद होइनः पराजुली

'मुस्कान सहितको सेवा' सुरु गर्ने योजना

१ साउन, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीलेे प्रधानन्यायाधीश बहादुरी देखाउने पद नभएको टिप्पणी गरेका छन् ।

आइतबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा उपस्थित प्रस्तावित प्रधानन्यायाधीश पराजुलीले पद्दती र प्रणालीमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘यो पद्दती र प्रणालीमा चल्ने पेसा हो । प्रधानन्यायाधीश हिरोइज्म गर्ने (बहादुरी देखाउने) पद हैन । म पद्दती र प्रणालीमा काम गर्छु ।’

उनको यो अभिव्यक्ति निकै सांकेतिक छ ।

‘मुस्कान सहितको सेवा’ सुरु गर्ने

३९ बुँदे कार्ययोजना पेश गर्दै पराजुलीले न्यायालयमा ‘मुस्कान सहितको सेवा’ सुरु गर्ने बताए । न्यायालयप्रति जनआस्था बढाउनु पर्ने भन्दै उनले भने, अहिले पनि भोलि भोलि भन्ने अवस्था छ । हाकिमले अन्य कर्मचारी र सेवाग्राहीलाई गन्ने चलन छैन । मैले मुस्कान सहितको सेवा अघि सारेको छु ।’

एक समय नेपाल प्रहरीले मुस्कान सहितको सेवा सुरु गरेको थियो, जुन अहिले प्रभावकारी छैन ।

सुनुवाईका क्रममा प्रस्तावित प्रधानन्यायाधीश पराजुलीले अदालतमा जम्मा १५ प्रतिशत नागरिकको पहुँच रहेको भन्दै न्यायमा पहुँच बढाउने योजना सुनाए ।

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि सामाजिक रुपमा अपराध हुन थालेको भन्दै उनले फुटकर मुद्दाको कार्यविधि सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने, हार्ने पक्षबाट जित्ने पक्षलाई क्षतिपूर्ति भराउने कि भन्ने मेरो सोच छ ।’

पराजुलीले आफू प्रधानन्यायाधीश भए न्यायालयभित्रका विकृति र विसंगति अन्त्यमा लाग्ने बताएका छन् । यसका लागि सम्पत्ति विवरण अनुगमनका साथै आचार संहिता कार्यान्वयन र मूल्यांकन गर्ने उनको कार्ययोजनामा उल्लेख छ ।

सुनुवाईपछि समितिले प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment