Comments Add Comment

अाजबाट १० लाखदेखि माथिको काराबोर चेकबाट मात्रै

१ साउन, काठमाडौं । अाजबाट १० लाख माथीको नगद कारोबारमा राेक लागेकाे छ ।

राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर १० लाख वा सोभन्दा माथीको भुक्तानीमा अनिवार्य रुपमा एकाउन्टपेयी चेकको प्रयोग गर्न परिपत्र जारी गरिसकेको छ ।

फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएको चेकहरुको भुक्तानी समेत एकाउन्टपेयी चेकबाट मात्रै गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यद्यपी कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाएर लिखित निवेदन दिएमा बैंक तथा वित्तीय संस्थाले आफैले निर्णय गर्न सक्ने सुविधा पनि दिइएको छ ।

यसरी १० लाख वा सोभन्दा बढिको नगद भुक्तानी दिइएको मासिक जानकारी भने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सुपरिवेक्षण बिभाग र वित्तीय जानकारी इकाइमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment