Comments Add Comment

‘भूइँमान्छे’ टिमको विद्यार्थीसँग अन्तरक्रिया, सिपोराले के भनिन् ?


भदौ २ गतेबाट रिलिज हुने चलचित्र ‘भूइँमान्छे’ले आफ्नो प्रचारलाई विभिन्न तरिकाले अगाडि बढाइरहेको छ । काठमाण्डौस्थित हनुमानढोका दरबार र युथ कर्नर तथा काठमाण्डौ खेल मण्डलद्धारा आयोजित विद्यालय स्तरिय चित्रकला प्रतियोगीतामा भाग लिन आएका विद्यार्थीसँग चलचित्रको टिमले अन्तरक्रिया गरेको छ ।

चलचित्रका निर्माता रोहिणी भट्टराई, निर्देशक नवराज वुढाथोकी, कलाकारहरु रमेश वुढाथोकी, सिपोरा गुरुङ र सानु ताम्राकारले विद्यार्थीको जिज्ञासा मेटाएका थिए ।

लास चिर्ने मान्छेको कथामा तयार भएको यो चलचित्रको बिषयमा विद्यार्थीहरुले विभिन्न जिज्ञासा राखेका थिए । नायिका सिपोराले विषयवस्तु मन परेकाले आफूले काम गरेको बताइन् । उनले चलचित्रबाट विद्यार्थीहरुले पनि ज्ञान लिन सक्ने बताइन् ।

विद्यार्थीहरुलाई ३ समुहमा विभाजित गरेर अन्तरक्रिया गरिएको थियो । फरक कथावस्तुमा तयार भएको चलचित्रको ट्रेलर अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment