Comments Add Comment

नेपाली बालबालिकाको लागि इटालियन संगीतकारले गरिन् सर्वाधिक उचाइँमा म्युजिक कन्सर्ट

जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखानै छ । जब मानिसले केही अठोट लिन्छ नी तब त्यसलाई पूरा गरिछाड्दो रहेछ । इटालीकी एक संगीतकर्मीले विश्वमा अहिलेसम्मकै सर्वाधिक उचाइमा म्युजिक कन्सर्ट गरेर किर्तिमान राखेकी छन् ।

आल्पस पर्वतको १४ हजार फिटको उचाइमा किर्तिमानी पियानो कन्सर्ट गर्ने पर्वतारोही तथा संगीतकर्मीको ना हो एलिशा टमिलिनी । मोन्टे रोजा नामक एक इटालियन कम्पनीले हेलिकप्टरको सहायताले पियानोलाई अल्पस पर्वतको १४ हजार फिटको उचाइमा पूराइदिएको थियो । त्यहाँ तापक्रम माइनस १५ डिग्री भन्दा पनि कम थियो । मुटु नै कँपाउने त्यो चिसोमा एलिशाले हातमा पञ्जा लगाएरै भएपनि पियानो बजाएर म्युजिक कन्सर्ट गरिन् ।

पृथ्वीको त्यतिधेरै उचाइमा भएको त्यो पहिलो पियानो कन्सर्ट रहेको बताइएको छ । आफुले संगीतको माध्यमबाट विश्वको सुन्दरता हेर्न चाहेको उनको भनाई छ । आफ’ले संगीत र पर्वतवासीहरुलाई नजिक ल्याउन चाहेको पनि उनी बताउँछिन् ।

अझ रोचक र हाम्रो लागि खुसीको कुरा त के भने उक्त किर्तिमानी पियानो कन्सर्टबाट उठेको सहयोग रकम उनले नेपालका बालबालिकाको निम्ति खर्च गर्ने बताएकी छिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment