शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

‘आइफा अवार्ड’मा ‘नीरजा’ उत्कृष्ट फिल्म, साहिद र आलिया उत्कृष्ट नायक-नायिका

अनलाइनखबर


भारतकै सर्वाधिक चर्चित र प्रतिष्ठित मानिएको ‘आइफा अवार्ड’ यस बर्ष अमेरिकाको राजधानी न्यूयोर्कमा सम्पन्न भयो । बलिउड कलाकारहरुको बाक्लो उपस्थितीमा अवार्ड आयोजना भएको थियो । यस बर्षको अवार्डमा ‘निरजा’ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो । यस्तै, चलचित्र ‘उड्ता पंजाब’बाट साहिद कपुर र आलिया भट्टले उत्कृष्ट नायक-नायिकाको अवार्ड जितेका छन् ।

चलचित्र ‘पिंक’बाट अनिरुद्धा रोय चौधरी उत्कृष्ट निर्देशकको अवार्ड जित्दा बरुण धवनले उत्कृष्ट ‘हाँस्य कलाकार’को अवार्ड जिते भने अनुपम खेरले उत्कृष्ट सह-अभिनेताको अवार्ड जिते ।

शवना अज्मीले ‘निरजा’ चलचित्रबाट उत्कृष्ट ‘सह-अभिनेत्री’को अवार्ड जितिन् । ‘उड्ता पञ्जाब’बाट दिलजित दोसाँजले ‘उत्कृष्ट नव-नायक’को अवार्ड जित्दै गर्दा नायिका दिसा पटानीले ‘उत्कृष्ट नव-नायिका’को अवार्ड चलचित्र ‘एम एस धोनी’बाट जितिन् ।

अवार्डमा सहभागी हुनका लागि सलमान खान, साहिद कपुर, रितेश देशमुख, बरुण धवनदेखि कट्रिना कैफ, आलिया भट्ट लगायतका दुई दर्जन बढी कलाकार न्यूयोर्क पुगेका थिए ।

२०७४ साउन १ गते १३:०० मा प्रकाशित (२०७४ साउन २ गते ११:१२मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • rajesh kr. mandal लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १७:१५

    sampadak mahoday america ko rajdhani nework hoena…kripiya galat information na dinu hola….

    9
    0
    Share

  • monster लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १०:१७

    kasaile america ko rajdhani Washington DC ho bhandinu paryo.

    0
    0
    Share

  • Diwakar Bhusal लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १०:०३

    shahid kapoor deserved :*

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this