Comments Add Comment

कतै जासूसी त गर्दैछैन, तपाइँको फोनले ?

हाम्रो स्मार्टफोनमा इन्स्टल भएका तमाम एपहरुले पनि हाम्रो फोनको क्रियाकलाप निगरानी गर्दछन् । त्यसैले फोनमा रहेका निजि भिडियो, फोटो, बैंक पासवर्ड वा गोप्य डकेमेन्टहरु समेत पूर्णरुपमा सुरक्षित छैनन् ।

धेरै तन्नेरीहरु फसिरहेका छन् एपको झमेलामा

स्मार्टफोनमा आफ्ना कैयन् व्यक्तिगत तथा गोप्य चिजहरु सम्हालेर राख्ने युवापुस्तालाई सायद यो कुराको अनुमान पनि हुँदैन की उनीहरुको आफ्नै फोनमा रहेका एपहरुको सहायताले विभिन्न कम्पनीहरुले उनीहरुका व्यक्तिगत तथा गोप्य जानकारीहरु समेत प्राप्त गर्न सक्दछन् ।

फोन की जासूस ?

ज्ब तपाइँ कुनै एप आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नुहुन्छ त्यसबेला उक्त एपले उसको टर्मस् एण्ड कन्डिसन स्विकार गर्न लगाउँछ र अनिमात्र तपाइँ डाउनलोड गर्न पाउन’ह’न्छ । धेरै मानिसहरु त्यस्ता शर्तहरु पढ्दै नपढी स्विकार गरिहाल्छन् र एप डाउनलोड गर्दछन् । तर यसो गर्दा हामीले ती एप निर्मातालाई आफ्नो फोनमा ह’ने हरेक गतिविधिमा निगरानी गर्न तथा जानकारी हाँसिल गर्ने स्विकृति दिइरहेका ह’न्छौँ । यसरी हामी आफैले फोनमा इन्स्टल गरेका एपहरुलाई आफ्नै फोनको जासूसी गर्ने छुट दिएका हुन्छौँ ।

कम्पनीहरुले राख्दछन् हाम्रा डकुमेन्टस्को जानकारी

साइबर क्राइम विश्लेषकहरुका अन’सार विभिन्न एप कम्पनीहरुले एप प्रयोगकर्ताका हरेक डिजिटल गतिविधिलाई युजर एक्सपेरिएन्सका रुपमा प्रयोग गर्ने गर्दछन् । कतिपय यस्ता घटनाहरु प्नि आउने गरेका छन् जहाँ विभिन्न स्मार्टफोन प्रयोगकर्ता महिलाहरुका स्मार्टफोनमा रहेका गोप्य भिडियो तथा फोटोहरु पोर्न वेबसाइटमा आउने गरेका छन् । यसमा एप कम्पनीहरुको हात रहेको बताइन्छ ।

सावधानी अपनाउनु नै ठूलो सुरक्षा

अहम प्रश्न यो हो की फोनको जासूसीबाट बँच्नका लागि के गर्ने ? एपबाट हुनसक्ने यस्तो प्रकारको जासूसी तथा साइबर क्राइम त पूर्णरुपमा रोक्न सम्भव छैन । किनकी स्मार्टफोन प्रयोगकर्ताहरु एप कम्पनीका शर्तहरु स्विकार गरी त्यस्ता एपलाई डाउनलोड गर्न बाध्य छन् र एप डाउनलोड नगरी आफ्नो स्मार्टफोन खाली राख्न कोहीपनि सक्दैन अहिलेको जमानामा । त्यसैले सावधानी अपनाउनु नै ठूलो सुरक्षा हो । त्यसैले आफ्नो फोनमा त्यस्ता गोप्य तथा अरुलाई देखाउन नहुने फोटो, भिडियो तथा डकुमेन्टहरु नराख्नु तथा स्मार्टफोनबाट पोर्न साइटहरु नखोल्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ । व्यक्तिगत चिजहरुलाई व्यक्तिगत पहुँचमै सिमित राख्नुहोस् र त्यसलाई सोसल मिडियामा शेयर नगर्नुहोस् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment