Comments Add Comment

किन खस्कियो बर्षा सिवाकोटीको करिअर ?


नायिका बर्षा सिवाकोटीले यसपटक चलचित्र ‘कारखाना’का लािग निकै मिहिनेत गरिन् । चलचित्रको रिलिजको समयमा उनी निर्माणपक्षको लफडाको समेत प्रवाहा नगरी प्रचारमा दौडिइन् । कारण, यो चलचित्र उनका लागि चल्नैपर्ने थियो ।

एउटा ब्यानरमा काम गरेपछि फेरि नदोहोरिएकी नायिकालाई ‘कारखाना’ चलेको खण्डमा खस्कदो करिअर उकालो लाग्छ भन्ने थियो । तर, उनले सोचेजस्तो भएन । चलचित्र चलेन ।

‘कारखाना’को रिलिज अगाडि उनी लण्डन उडेकी थिइन् । उनी, अहिले यूरोपका विभिन्न देशको भ्रमणमा छिन् । चलचित्र ‘नाई नभन्नु ल २ र पुशपति प्रसाद’मा छोटो रोल हुँदा बर्षालाई चलचित्रकर्मीले खासै पत्याएनन् । मुख्य नायिका भएर काम गरेको ‘सुब्बा साब, लप्पन छप्पन र कारखाना’ जस्ता चलचित्र चलेनन् ।

यसले गर्दा उनको करिअर खस्कन थालेको चर्चा सुरु भएको छ । नेपाली चलचित्रमा अधिकांश कलाकार आफ्नै बलमा एउटा चलचित्र सफल होस् भन्ने चाहन्छन् । तर, बर्षाको हकमा भने करिअर उकालो लाग्ने समयमा ओरालो लाग्दैछ । अफर आएका र गर्छु भनेका धेरै चलचित्र छाडेको खबरले पनि उनलाई गसिप बजारमा नकारात्मक रुपमा उभ्याइदियो ।

‘लप्पन छप्पन’मा सोलो नायिका भएपनि उनको कामको खासै चर्चा भएन । यसैले पनि नायिका सिवाकोटीलाई ‘लक’ लागिरहेको छैन । उनले अब करिअरको बारेमा गम्भिर भएर सोच्नुपर्ने बेला आएको चलचित्रकर्मी नै बताउँछन् । के अब, उनले करिअरको बारेमा गम्भिर भएर सोच्लिन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment