Comments Add Comment

छवि ओझाः ‘वाघ निर्माता’ कि ‘बुढो वाघ’ ?


२ बर्ष अगाडि निर्माता छविराज ओझाले चलचित्र ‘लज्जा’को प्रदर्शन मिति तिहारमा तोकेका थिए । छविले प्रदर्शन मिति तोकेको केही समयपछि चलचित्र ‘स्टूपिड मन’ले पनि सोही मितिमा प्रदर्शन मिति तोक्यो । ‘स्टूपिड मन’का निर्माताले आफूले पहिले नै तोकेको मितिमा चलचित्र प्रदर्शन गर्ने भएपछि छवि जंगिए । उनले, विज्ञप्ती नै निकालेर यसको विरोध गरे । तर, पछि दुबै चलचित्र प्रदर्शनमा आए । छविले लगानी त उठाए तर ‘स्टूपिड मन’ नआइदिएको भए उनलाई अझ फाइदा हुने थियो ।

गतबर्ष छविराज ओझाको चलचित्र ‘किस्मत २’ दशैमा रिलिज भयो । यो मितिमा चलचित्र ‘सुब्बा साब’ले पनि प्रदर्शन मिति तोकिदियो । छविले चुपचाप चलचित्र रिलिज गरे ।

केही बर्ष अगाडिसम्म छविको चलचित्रको अगाडि अरु निर्माताले चलचित्र नै रिलिज गर्ने आँट गर्दैनथ्य । छविको चलचित्र दशै, तिहार वा नयाँ बर्षको छेकोमा रिलिज हुन्थे । छविले पनि राम्रो पैसा कमाउथ्य ।

तर, अहिले समय फेरिएको छ । यो बर्षको दशैमा रिलिज गर्नेगरि निर्माता ओझाले चलचित्र ‘मंगलम’ प्रदर्शन गर्ने बताएका थिए । तर, उनको चलचित्रको छायांकन सकिएको धेरै समयपछि छायांकनमा गएको चलचित्र ‘छक्का पन्जा २’ले दशैमै प्रदर्शन मिति तोकिदियो । ‘छक्का पन्जा २’ आउने भएपछि छवि चुपचाप छन् । उनको चलचित्र अब यो मितिमा आउँछ या आउँदैन, पक्का भएको छैन ।

नेपाली चलचित्र क्षेत्रमा छविलाई ‘वाघ निर्माता’ भन्ने गरिन्छ । तर, पछिल्ला केही बर्षको उदाहरण हेर्ने हो भने, कतै ‘वाघ’ ‘बुढो’ भएको त होइन भन्ने देखिएको छ ।

छविको क्याम्पमा रेखा थापा भइन्जेलसम्म अरुले चलचित्र जुधाउने आँट गरेनन् । कारण, छविको चलचित्रमा रेखासँगै आर्यन सिग्देल, विराज भट्ट, निखिल उप्रेती, जीवन लुइटेल जस्ता स्टार हुन्थे । अरु, कोही नभएपनि रेखा एक्लै काफी थिइन् । तर, रेखा बाहिरिएर छविको क्याम्पमा शिल्पा पोख्रेलको प्रवेश भयो । यसपछि, छवि र शिल्पाको चर्चा त भयो तर ‘वाघ निर्माता’ केही कमजोर देखिएका छन् ।

कतिपयले छविले अब चलचित्रको बिषयवस्तुमा पनि ध्यान दिनुपर्ने बताइरहेका छन् । सिंगल थिएटरमा मात्र छविको चलचित्र रिलिज हुने र गीतसंगीत राम्रो हुने भएकाले पनि उनलाइ लगानी उठाउन त्यती समस्या पर्ने गरेको छैन । तर, अब आफूले तोकेको मितिबाट अरुका कारण पछाडि हट्नुपर्ने अवस्था निर्माता ओझालाई आउन थालेको छ । निर्माता ओझाले यो बिषयमा पक्कै पनि सोचेका होलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment