मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

देउवाको निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्

महानगर भन्न पनि लाज लाग्ने अवस्था रहेको टिप्पणी

अनलाइनखबर

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन् । उनले आवश्यक परे थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिएका छन् ।

आइतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

शुक्रबार अपरान्ह राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर निधन भएको र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री देउवाले यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निर्देशन दिएका छन् ।

‘सरकार भनेको जनताका लागि बनेको हो । जनताको समस्यालाई हामीले कुनै पनि हालतमा समाधान गर्नुपर्छ’ देउवाले भने, ‘काठमाडौंमा सडक हो कि पोखरी हो चिन्न नसक्ने भएका छन् । स्कुले विद्यार्थीहरु हिँड्दा हिँड्दै ढलमा पसेका छन् । खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ । तपाईहरु के गरिरहनु भएको छ ? काठमाडौं उपत्यकाका खाल्डाहरु तत्काल पुर्नेहोस्, त्यसको लागि थप वजेट चाहिए म उपलव्ध गराउँछु ।’

प्रधानमन्त्रीले सरोकारवाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न समेत निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ । ‘तपाईहरुले आजै फिल्डमा गएर निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरु पुर्नहोस्, फुटेका ढलहरु बनाउनुहोस् । ढलेका विजुलीको पोल गाड्नुहोस्’ प्रधानमन्त्रीले भने, ‘मैले अवको १५ दिनभित्र काठमाडौंमा खाल्डा खुल्डी देख्न नपरोस् । मलाई रिपोर्ट गर्नुहोस् ।’

प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागले समन्य गरेर काम गर्न पनि निर्देशन दिएका छन् । ‘एकै पटक खाल्डो खनेर बनाउन सकिने तपाईहरु किनतीन पटक खाल्डो खन्नुहुन्छ’ प्रधानमन्त्रीले भनेका छन्, ‘अव समन्वय गरेर काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव समेत तयार गर्न निर्देशन दिएका छन् । कतिपय सर्भिक दिने कामहरुलाई निजी कम्पनीलाई करारमा लिएर पनि प्रभावकारी काम गर्न सकिने उनको धारणा थियो ।

२०७४ साउन १ गते १४:३२ मा प्रकाशित (२०७४ साउन ४ गते १०:१९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२६ प्रतिकृयाहरू प्राप्त
  • केके लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १४:३६

    एक जना वालिकाको वलिदान पछी प्रधानमन्त्रीको होस आयो । मान्छे नमरी केही नगर्ने ।

    21
    0
    Share

  • suva acharya लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १४:३८

    aba ka kasko goji varnine ho?

    La ta garera dhekju? 😀 😀 LOL!!

    Kati hansu ma ta hasnera marna laye

    3
    4
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १४:३९

    Not only potholes dear Hon.PM Sir, the main problem of Kathmandu is drainage. Your and previous government allowed to Land Mafia for land plotting – planning and housing without considering drainage system. Your bureaucrats are always thinking about Melamchi – more water, more water – did you see, what will happen if you have more water. Ask them to start work on drainage system first. Mobile Mayor may be busy on his own priorities !!!!!!!!!!!!!!!!!!

    11
    0
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १४:४१

    अब प्रमको आदेश भनेर धमाधम मंगाल पुरिदेलाननी,

    ढकनी हाल नपुर,

    कतै नयाँ मेयर ‘एमालेका’ र प्रम ‘कांग्रेसका’,

    हुनाले एक अर्कालाई सहयोग नगरेको अवस्था त छैन,

    पत्रकारबाट सुक्ष्म अनुसन्धान होस् l

    46
    0
    Share

  • asesh लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १४:५३

    15 din pachi khalto purney kaam bhayena ta mantri jiu bhanda tapai Badta boldai hunuhuncha bhanney hola

    52
    5
    Share

  • ma aam nepali लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:०४

    Government should be strict for the development of the natio.

    5
    0
    Share

  • Bishwontar Sukubhatt लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:०५

    ‘सरकार भनेको जनताका लागि बनेको हो । जनताको समस्यालाई हामीले कुनै पनि हालतमा समाधान गर्नुपर्छ’ देउपाले भनेको भनी अनलाइन खबरमा छापेको पढ्न पाइयो । के साँचिक्कै देउपाले बोलेको होलान् त ? जनताको पक्षमा देउपा नभएकै कारण जनाइ गत चुनावमा धेरै ठाउँमा काँग्रेस हारेको हुँदा देउपाको चेत खुलेर यस्तो बोलेको हुनुपर्छ । सरकारकै कमजोरीका कारण ससाना बालबालिका मृत्यु भएकोमा समबेदना दिनसम्म कन्जुस्याइँ गर्ने देउपाले जनताको सरकार भनी कसरी भन्न सक्या होला शंकै लाग्छ त । जे जति निर्देशन दिइए पनि ब्यवहारमा त्यसको पालना नहुने देशमा देउपाले बोलेको कुरा कुन कानले सुन्ने अनि कुनले उडाउने हुन् कि ।

    8
    1
    Share

  • Ma Aam Nepali लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:०९

    PM lai kam garera dekhaune yo antim chance ho. So, do some thing special for the development of the nation.

    7
    0
    Share

  • bipin kafle लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:१४

    Dear prime minister
    Please also give order to clear dust pollution of kathmandu valley, it’s very hard for the commuters to travel

    7
    0
    Share

  • राकेश लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:१७

    कठै बरा,
    जनताले सरकार खोज्न कहाँ जाने ?
    सिंहदरबार भित्र खाल्डो छ कि छैन सरकार ??? त्यही पुरेर भए पनि नाक फुलाएर बसे हुन्छ ।

    7
    0
    Share

  • Uttam Rai लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:१८

    कन्त बिजोग भयो

    3
    0
    Share

  • Ranjan लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:१९

    Really great work

    5
    5
    Share

  • haha लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:२२

    15 din vitra Nepal ko bato banaune? tyota garvapati mahila le 15 vitrai baccha janmaune jasto kura vayota..

    4
    1
    Share

  • Gajendra Gupta लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:२३

    only kathmandu,who make village road where no body able to move form one place to other on the time of rain.

    6
    0
    Share

  • umes sing लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:२५

    HO yesari nai janata ko pida bujhera kaam garna sake desh ma sarkar vyeko anubhuti hun6,PM ko nirdesan palana na gare kawahi garnu par6.

    3
    0
    Share

  • yubaraj kafle लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:२७

    कतै हिन्दी “नायक” फिल्ममा अपरिस पुरीको भ्रमणको बेलामा रानी मुखर्जीले भनेपछि “अमरिस पुरीले बिजुली बत्ति लगादेना, मेरे जानेके बाद काटलेना” भने जस्तै त हुँदैन । अहिले बच्चाको मृत्यु तथा घाईते भएको सन्दर्भलाई लिएर थोरै भएपनि राहत मिलोस भनेर त होला नि । बादमे अपनि मर्जी कर्ना त भनेको छैन नि । हेरौ कतिसम्म सरकारी काममा तातो लाग्दो रहेछ । नेपालीमा उखानै पनि छ नि “हगी पनि सक्यो, दैलो पनि देख्यो” ।

    3
    1
    Share

  • Abhay लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:५९

    Yesto PM haru kam nai gardaina. Feri garyo bhane khatra garcha.

    4
    0
    Share

  • abhay लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १६:०३

    yesta neta kei gardaina …feri garyo bhane babaal gar6

    2
    0
    Share

  • Being Nepali लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १६:१६

    Good job deuba dai

    3
    0
    Share

  • नगरबासी लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १६:३७

    मन्त्रि ज्यू ktm बाहेक अरु पनि ठाउछ।त्यहा मात्र खाल्टो मात्र छ।तर विरगँज तिर पूरै रोडमा खोला बगने अवस्था छ।के -गर्नु हुन्छ।

    3
    0
    Share

  • Road pidhit लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १६:४४

    Nirdesanusar Chakrapath Narayangopal Chook dekhi Bhudhanilkantha Deuba Chook samma chai 15 din ta hoina 5 din mai tayar hola, anyama chai 15 monthma pani koni.

    2
    0
    Share

  • chitra basnet लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १६:५१

    सहि सुरुवात प्रम ज्यु ,

    5
    2
    Share

  • Pukar लेख्नुहुन्छ    |   २०७४ साउन १ गते २२:३१

    first of all one has to be clean to expect others to be clean and capable. where have you been till now ? oh sorry ! you don see that through black window of your comfortable motor right ? I am amazed by your order ! who told you that Kathmandu roads are very bad, full of pits, very rough did you see that honorable PM ??

    1
    0
    Share

  • Arun लेख्नुहुन्छ    |   २०७४ साउन १ गते २३:५१

    बलुवामा पानी खानए सारी नहोस ।

    0
    0
    Share

  • Dinesh लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २०:१८

    सबै भन्दा पहिले त कर्मछ
    अरि हरुको हरेक महिनाको कार्य योजना चाहियो । तेहि योजजना मुताबिक बैसाख महिन भित्र लक्ष्य पूरा गर्छकी नाइ हेर्नू पर्यो। यदि कसैले काम्हरु जेस्थ र असार्को लागि राक्छ भने तेस्तो लाइ घतुवा वा अन्य थुलै सजाय दिने ब्यबस्था गरेर हेरम त कस्तो हुन्छ?

    0
    0
    Share

  • Jiwan Shrestha लेख्नुहुन्छ    |   २०७४ साउन ४ गते १७:३५

    That sounds good…..
    but……..
    the saying of nepali politicans are……….
    we all know that

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this