Comments Add Comment

देउवाको निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्

महानगर भन्न पनि लाज लाग्ने अवस्था रहेको टिप्पणी

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन् । उनले आवश्यक परे थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिएका छन् ।

आइतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

शुक्रबार अपरान्ह राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर निधन भएको र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री देउवाले यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निर्देशन दिएका छन् ।

‘सरकार भनेको जनताका लागि बनेको हो । जनताको समस्यालाई हामीले कुनै पनि हालतमा समाधान गर्नुपर्छ’ देउवाले भने, ‘काठमाडौंमा सडक हो कि पोखरी हो चिन्न नसक्ने भएका छन् । स्कुले विद्यार्थीहरु हिँड्दा हिँड्दै ढलमा पसेका छन् । खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ । तपाईहरु के गरिरहनु भएको छ ? काठमाडौं उपत्यकाका खाल्डाहरु तत्काल पुर्नेहोस्, त्यसको लागि थप वजेट चाहिए म उपलव्ध गराउँछु ।’

प्रधानमन्त्रीले सरोकारवाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न समेत निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ । ‘तपाईहरुले आजै फिल्डमा गएर निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरु पुर्नहोस्, फुटेका ढलहरु बनाउनुहोस् । ढलेका विजुलीको पोल गाड्नुहोस्’ प्रधानमन्त्रीले भने, ‘मैले अवको १५ दिनभित्र काठमाडौंमा खाल्डा खुल्डी देख्न नपरोस् । मलाई रिपोर्ट गर्नुहोस् ।’

प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागले समन्य गरेर काम गर्न पनि निर्देशन दिएका छन् । ‘एकै पटक खाल्डो खनेर बनाउन सकिने तपाईहरु किनतीन पटक खाल्डो खन्नुहुन्छ’ प्रधानमन्त्रीले भनेका छन्, ‘अव समन्वय गरेर काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव समेत तयार गर्न निर्देशन दिएका छन् । कतिपय सर्भिक दिने कामहरुलाई निजी कम्पनीलाई करारमा लिएर पनि प्रभावकारी काम गर्न सकिने उनको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment