मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

भारती चर्चित गायक कुमार सानुद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

अनलाइनखबर

१ साउन काठमाडौं । भारतका चर्चित गायक कुमार सानुले आइतबार चन्द्रागिरिको भ्रमण गरेका छन् ।

भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गरेका छन् ।

कन्र्सटका लागि नेपाल आएका ५९ वर्षीय कुमार सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराए ।

सानुले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै स्वच्छ वातावरण तथा हिमालको काखमा आउन पाउँदा धेरै खुशी भएको बताए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

२०७४ साउन १ गते १८:०६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this