Comments Add Comment

कुमारी बैंकको सिईओमा सुरेन्द्र भण्डारी

१ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा सुरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । गत जेठ महिनामा नै कुमारी बैंक लिमिटेडको सञ्चालक समितिले आगामी चार वर्षका लागि उनलाई बैंकको सिइओमा नियुक्त गरेको थियो ।

नेपाली बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको रुपमा लामो समयदेखि कार्यरत सफल बैंकरको रुपमा परिचित भण्डारीलाई कुमारी बैंकले आफ्नो स्थापना कालमा पनि सिइओको जिम्मेवारी दिएको थियो ।

उनको लामो बैंकिङ क्षेत्रको अनुभव एवम् विज्ञताले कुमारी बैंकलाइ थप उचाईमा पुर्याउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment