Comments Add Comment

एनआईसी एशिया बैंकद्वारा वृक्षारोपण कार्यक्रम

१ साउन, काठमाडौं । एनआईसी एशिया बैंकको लेखनाथ शाखा कार्यालयले पोखरास्थित पोखरा विश्वविद्यालयको परिसरमा करिब ६०० विरुवाहरुको वृक्षारोपण गरेको छ ।

शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्‍याएको छ ।

बैंकले देशभरी रहेका आफ्ना शाखा कार्यालयहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान लगायतका स्थानहरुमा वृक्षारोपण एवं सोको यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको छ ।

यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुर्‍याउने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment