Comments Add Comment

इन्डोनेसियामा म्याक लुब्रिकेन्ट डिलर मीट

१ साउन, काठमाडौं । म्याक लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले म्याक लुबि्रकेन्ट डिलर मीट कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्नो उत्पादनको बारेमा सम्पूर्ण जानकारीहरु दिने र आर्थिक वर्ष २०१६/१७ को गतिविधि सम्बन्धि जानकारी दिनेउद्देश्यसहित कार्यक्रम भएको हो ।

कार्यक्रम यही जुलाई ६ मा रमायाना रिसोर्ट बाली, इन्डोनेसियामा सम्पन्न भएको हो । आयोजकका अनुसार कार्यक्रममा नेपालका विभिन्न स्थानहरुबाट डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रालिका विशिष्ट पदाधिकारीहरु लगायत कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफ्नो मन्तव्यमा आगामी दिन थप बिक्री प्रवर्द्धनमा काम गर्नुपने बताए ।

यसैगरि कम्पनीका नायब महाप्रबन्धक रोशनकुमार श्रेष्ठले कम्पनीकोे पछिल्लो समयको गतिविधिहरुलाई प्रस्ट गरे । उनले कम्पनीको भावी योजना र तयारीहरुका बारेमा समेत जानकारी दिए । उनले नेपालमा लुबि्रकेन्ट विभाग र उद्योगसँग सम्बन्धित विभिन्न विषयहरुमा समेत आफ्ना विचारहरु व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment