शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

डिडीसीले८ महिनामा कमायो ६४ लाख नाफा

अनलाइनखबर

१ साउन, काठमाडौं । दुग्ध विकास संस्थान (डिडीसी)ले चालू आर्थिक वर्षको पछिल्लो ८ महिनाको अवधिमा ६४ लाख मुनाफा आर्जन गरेको छ । संस्थानको ४९ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा पछिल्ला ८ महिनामा ६४ लाख मुनाफा आर्जन गरिएको जानकारी दिएको हो ।

तर संस्थानले दुधको उत्पादनमै कमी भएका कारण माग अनुसारको दूध तयार पार्न भने नसकिएको पनि स्पष्ट पारेको छ । दुध चिसो राख्न र त्यसको गुणस्तर वृद्धि गर्नका लागि पर्याप्त बजेट नभएको पनि संस्थानका महाप्रबन्धक गंगा तिमल्सिनाले जानकारी दिए ।

उनले नयाँ संकलन क्षेत्र विकासका लागि पनि संस्थानसँग पर्याप्त पुँजी नभएको पनि स्पष्ट पारे । संस्थानले दुध उत्पादन वृद्धिका लागि हेटांैडास्थित पशु आहारा उत्पादन कारखाना संकलनका लागि नयाँ मेसिन जडान गरी गाई, भंैसीको दाना ४ टन प्रतिघण्टा उत्पादन गरी चालू आर्थिक वर्षबाटै व्यवसायिक रुपमा विक्री वितरणको काम सुरु गरिएको पनि जनाएको छ ।

संस्थानले दुध वृद्धिका लागि दुध कृषकहरुलाई पशु खरिदका लागि वित्तिय संस्थाहरुमार्फत ऋण उपलब्ध गराउने व्यवस्था पनि गर्दै आएको छ ।

२०७४ साउन १ गते १८:५४ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this